गायक नेत्र भण्डारीको स्वरमा ‘भक्कानो छोडि नरोए आमा’ बोलको मार्मिक गीतको भिडियो सार्वजनिक भएको छ ।
‘बिन्दवासिनी म्यूजिक’ नामको युट्यूब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको भिडियोमा धन कमाउन बिदेशिन वाध्य युवाको दुःख पिडालाई यथार्थ चित्रण गरिएको छ । गीतलाई सुशिल खड्काको शव्दमा करन न्यौपानेले संगीत दिएका छन भने एरेन्ज विपिन आचार्यको रहेको छ । नरोए आमा एल्बममा समावेश उक्त गीतको भिडियोलाई अहिलेका व्यस्त मोडल तथा भिडियो निर्देशक शिवन पोखरेलले निर्देशन गरेका छन ।
अजय रेग्मिको छायांकन रहेको भिडियोलाई सम्पादन अभिनायक मान शेरचन र कलर सम्पादन क्रान्ति केसीले गरेका छन ।
सहारा फिल्मस् एण्ड ईन्टरटेनमेन्टको निर्माण रहेको भिडियोमा निर्देशक शिवन स्वयंकै अभिनय रहेको छ भने उनलाई रश्मि भट्, अनिता बस्नेत,कुमार केसी,गन्दिप सुवेदी,कमल गौतम,दुर्गा ढकाल,सुशिल खड्का,अभिनायक मान शेरचन, तथा बालकलाकार सहारा बस्नेत र अनिकेश परियार लगायतका कलाकारहरुले साथ दिएका छन ।