‘मिस एण्ड मिसेस व्यूटिफुल’को अडिसन सम्पन्न,अर्को सातादेखि प्रशिक्षण

0
385

बिगत ५ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल-२०२१ को छनौट प्रक्रिया अन्तर्गत दोश्रो अडिसन माघ १० गते नयां बानेश्वर स्थित रोयल एलिनाज क्याफेमा सम्पन्न भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनल प्रालिको “मिस एण्ड मिसेस व्युटिफुलको दोश्रो अडिसनबाट १२ जना सहभागी छनौट भएका छन ।

नेपालका ख्याती प्राप्त व्यक्तित्वहरु नायिका रेजिना उप्रेती, ३२ वटा विश्व रेकर्ड कायम गरेका गीतकार डा.डिआर उपाध्याय, समाजसेवी तथा काठमाडौ लेडि जेसीसकी अध्यक्ष रिंकु बज्राचार्य श्रेष्ठको निर्णायक मण्डलले प्रतिस्पर्धि छनौट गरेका थिए । थुप्रै ईच्छुक सहभागीले अडिसनमा उपस्थिती जनाउन नसकेका कारण पून अर्को अडिसन गरिएको आयोजक संस्थाका प्रमुख तथा मेकअप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए ।
उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन । छनौट भएका प्रतिस्पर्धीहरुको तालिम अर्को साताबाट शुरु हुने र हाल फोटोशुट भईरहेको समेत जानकारी उनले दिए ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ २० दिनको विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको आयोजक टेक राज पाण्डे बताउछन ।

यस सौन्दर्य प्रतियोगीताले बिवाहित तथा अबिवाहित महिला बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छन् । संक्रमित दर घट्दै गएपछि कोरोनाका कारण रोकिएका ईभेन्टहरु क्रमिक रुपमा शूरु भैरहेको अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरि सतर्कता अपनाउदै आफ्ना कार्यक्रमहरु संचालन गरिने समेत उनले बताए ।
अडिसन दिन छुटेका इच्छुक प्रतियोगीहरुले दक्ष इन्टरनेशनल प्रालिको कार्यालय नयांबानेश्वरमा सम्पर्क गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here