नेपालमा कोरोना विरुद्धको खोप लगाउन सुरु

0
331
  • डा.डिआर उपाध्याय

विगत वर्ष देखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस बाट नेपाल पनि अछुतो रहन सकेन । जब नेपालमा कोरोना भाइरस भित्रियो तब यसको असर नेपाली जनताको जनजीवनमा प–यो । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले देशव्यापी लकडाउन गर्न बाध्य भयो । लामो समय सम्मको लकडाउनले पनि पूर्ण रुपमा कोरोना नियन्त्रणमा आउन सकेको थिएन । लामो समय सम्मको लकडाउनले देशको अर्थतन्त्रमा अहिले सम्म प्रभाव परिरहेको छ । धेरैको रोजगारी गुमेको छ । अहिले सम्म पनि शैक्षिक संस्था निर्धक्क रुपमा सञ्चालनमा आउन सकेका छैनन् । समग्र रुपमा भन्नु पर्दा सबै क्षेत्रमा यसको प्रभाव परेको छ ।

देशमा कोरोना पूर्ण रुपमा नियन्त्रणमा नआउँदै सरकारले देशको अर्थतन्त्र चलायमान बनाउन र जनजीवन सहज बनाउनको लागि सुरक्षाका उपाय अपनाई आफ्नो सुरक्षा आफै गर्नु भन्दै लकडाउन खुकुलो बनाएको हो । यो अवधि सम्म आइपुग्दा कोरोना भाइरसका कारण कैयौ मानिसले ज्यान गुमाउनु प–यो भने धेरै मानिसले कोरोना विरुद्ध जित हाँसिल गरे । कोरोना विरुद्धको खोप नआए सम्म कोरोना नियन्त्रणमा आउन सक्दैन भन्ने कुरा विश्वका मानव जातिले अनुमान गरेका थिए । तर निरन्तर रुपमा विश्वका वैज्ञानिकहरुले खोप पहिचान गर्न लागिपरे र कोरोना भाइरसविरुद्धको खोप लगाउन योग्य बनाए ।

अहिले कोरोना विरुद्धको खोप विश्वसामु वितरण गर्ने क्रम बढेको छ ।त्यसै गरि हाम्रो देश नेपालले पनि छिमेकी मुलुक भारतको सहयोगमा कोरोना विरुद्धको १० लाख डोज खोप प्राप्त गरेको छ ।यो नै हामी सबै नेपालीको लागि खुसीको कुरा हो । यसका लागि हामीले छिमेकी देश भारत लाई धन्यवाद दिनुपर्छ । नेपालजस्तो गरिब मुलुकमा सोँचे भन्दा छिटो कोरोना विरुद्धको खोप भित्रिनु भनेको निकै प्रशंसनीय काम हो । कोरोनाविरुद्धको यो नयाँ खालको खोप हो । यो खोप लगाएपपछि के होला भन्ने जिज्ञासा हुनु स्वाभाविकै हो । त्यस कारण खोप लगाउनु अघि स्वास्थ्य मन्त्रालयले आम जिज्ञाशाका १६ प्रश्न सहितको जवाफ तयार पारेर सञ्चारमाध्यममा विज्ञापनका रूपमा प्रकाशित गराएको छ, । यो पनि आम मानिसमा जनचेतना जगाउने सरकारको प्रशंसनीय कार्य हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here