साहित्यकार गोबिन्द कंडेल ‘आंशु’ सम्पादित ‘प्रेमको महासागर’ उपन्यास सार्वजनिक

0
593

रन्जना कार्की द्वारा लिखित ‘प्रेमको महासागर’ उपन्यास सार्वजनिक भएको छ। क्यानडामा बस्ने कार्कीले कोरोना महामारीले गर्दा आफू नेपाल आउँन नसकेकोले आफ्नै जन्मभूमिमा मातापितालाई आफ्नो प्रतिनिधित्व गराउँदै पुस्तक लोकार्पण गराएकी छन् ।

उक्त कार्यक्रममा कार्कीले जन्म दिनुहुने मेरा आदरणीय मातापिता र मेरो आफन्तजन साहित्य क्षेत्रका प्रखर व्यक्तित्वहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएकोमा गौरवान्वित महसुस गर्दै उनले भनिन्, ‘एक वर्षअगाडि नै गर्नुपर्ने पुस्तक विमोचन थोरै ढिला अवश्य भयो तर यो महामारीमा बाँचेर कार्यक्रम गर्न सकेकोमा भगवानको आशीर्वाद नै भन्नुपर्छ । मेरो लेखनको एक दशकपछि  यो पहिलो कृति (प्रेमको महासागर) उपन्यास मेरो पहिलो प्रयास सार्वजनिक गरेकी छु ।’

कवि तथा सञ्चारकर्मी डा. नवराज लम्साल प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व साहित्यकार गोबिन्द कँडेल आँसु, वरिष्ठ समालोचक महेश पौडेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष राधेश्याम लेकालीलगायतले बोलेका थिए ।

लेखिका कार्कीले उक्त अवसरमा सबैलाई एक मुष्ट धन्यवाद दिँदै अर्को वर्ष नयाँ पुस्तक प्रकाशन गर्ने सोचसँगै नेपाली साहित्य लेखनमा अझै जिम्मेवारी बढेकको बताएकी छिन् ।

कार्यक्रममा रमा अधिकारी पौडेलले स्वागत मन्तव्य गरेकी थिइन् भने सङ्गीतकार राजेश थापा, पत्रकार राज लुइँटेल, स्वास्थकर्मी अर्जुनबाबु दाहाल, सञ्चारकर्मी रमेश न्यौपाने, समाजसेवी सूर्यकला, आचार्य समाजसेवी गीतादेवी राउत,  कराँते खेलाडी अनुशिका अधिकारीलाई सम्मान समेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here