चलचित्र ‘तिम्रो हुने कहिले’ चैत २७ मा

0
272

चलचित्र ‘तिम्रो हुने कहिले’ चैत २७ मा सिनेमाघरमा आउने भएको छ । चलचित्र निर्माण पक्षले बुधबार पहिलो पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

राजु गिरीको निर्देशन रहेको चलचित्रमा स्व. श्रीकृष्ण श्रेष्ठको डुप्लिकेट भनेर चर्चा बटुलेका टिकटक ब्वाई प्रकाश चन्द, करुणा पाण्डे, मीना जि.सि. सविन बास्तोला, सुधन धिताल, ललित सिंहलगायतका कलाकारको अभिनय रहेको छ । टिकटक भाईरल प्रकाश चन्दको ‘तिम्रो हुने कहिले’ डेब्यु सिनेमा हो ।

क्लासिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल, श्याम खत्रीको निर्माण गरेको चलचित्र हो ‘तिम्रो हुने कहिले’ । यो सिनेमा निर्देशक गिरीले दुई बर्ष पछि निर्देशन गरेका हुन् भने उनको अघिल्लो सिनेमा ‘मखमली मखमली’ रहेको थियो । चलचित्रमा नृत्य काजिश श्रेष्ठ र सुनिता वसनेतको रहको छ ।

काजिश श्रेष्ठ, सुनिता वस्नेतको कोरियोग्राफ, रामकृष्ण चौलागाईंको छायाँँकन, देव महर्जनको द्वन्द्व, बाबुल गिरीको सङ्गीत रहेको चलचित्रको गीतमा सुजता केसीको स्वर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here