युवा गायक आयुष्मानले ल्याए मर्मस्पर्शी गीत ‘मुरली तिरिरी'(भिडियो)

0
326

काठमाण्डौं, माघ | झापा दमकका आशा लाग्दा युवा गायकको रुपमा आफुलाई अगाडि बढाँउदै गरेका गायक आयुष्मान चापागाँईले हालै आफ्नो नयाँ गीत ‘मुरली तिरिरी’ सार्वजनिक गरेका छन । दिपकराज पाठकको प्रस्तुतिमा रहेको गीतमा आयुसमानसंगै सञ्चारकर्मी तथा कलाकार शिशिर भण्डारी र गायिका बेनिशा पौडेलको स्वर पनि रहेको छ । वास्तविक कथाको घटनालाई लिएर बनाइएको भिडियोमा शिशिर भण्डारी, सुनिशा बजगाईं, इशान राउत ‘जिरे’, दिपकराज पाठक, श्रद्धा गौतम र बाल कालाकार अनुरोध भण्डारीको अभिनय रहेको छ ।

भिडियोमा निर्देशन तथा कोरियोग्राफी सन्तोष राजबाहकको रहेको छ भने छांयाकन ज्ञानेन्द्र शर्मा हुमागाई तथा सम्पादन डिन्सन शाहको रहेको छ । गीतमा शब्द रचना दिपकराज पाठक र शिशिर भण्डारीको रहेको छ भने संगीत पनि भण्डारीले नै दिएका छन । भिडियो नयाँ नयाँ न्यूज नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here