सुशासन कायम गर्न यी कुरामा ध्यान दिऔं

0
290

डा.डिआर उपाध्याय,

देशको बिकास, समृद्धिका लागी सुशासन अनिवार्य सर्त हो । सुशासन बिना बिकास र समृद्धिको कल्पना पनि गर्न सकिदैन । बिश्वका धेरै मुलुक मध्ये केहि मुलुक बिकास र समृद्धिको बाटोमा लम्किएका छन । कारण सुशासन हो । जुन देशमा सुशासन कायम भएको छ, त्यो देशमा बिकास भएको छ । जुन देशमा सुशासन कायम हुन सकेको छैन त्यो देश बिकासको हिसावमा पछाडि परेको छ । हाम्रो देश पनि बिकासको हिसावमा पछाडि छ । त्यो कारण हो हामीले पनि देशमा सुशासन कायम गर्न सकेनौं । देश भ्रष्टाचारले आक्रान्त छ ।

मुलुकको प्रशासन सञ्चालनमा सुशासन कायम हुन सकेन । सवै भन्दा बढि मात्रमा स्थानीय तहमा भ्रष्टाचारले जरा गाडेर बसेको छ । स्थानीय तहमा बेथिति अनियमितता बढेर गएको छ । यसलाई रोक्ने कस्ले ? जनताले सुशासनको चाहना गरेको धेरै भयो । तर अहिले सम्म प्राप्त गर्न सकिएको छैन । सुशासन भनेको असल शासन हो । असल शासनलाई सुशासन भनिन्छ । यसैगरी, कानुनी शासन नै सुशासनको आधार हो ।देशमा सुशासन कायम गर्न सबै पक्षले सरोकारवाला निकाय हरुलाई सघाउनु पर्ने आवश्यकता देखिँदै गएको छ ।

प्रशासनतन्त्र जनताप्रति उत्तरदायी बन्न जरुरी छ ।देशलाई भ्रष्टाचारमुक्त बनाई सुशासन कायम गर्ने हो भने निम्न कुरामा ध्यान दिनु पर्छ ।जस्तैः राजनीतिक स्थिरता, स्वतन्त्र न्यायपालिका, दिगो विकास, पारदर्शिता र सार्वजनिक उत्तरदायित्वको पालना आदि । नेपालमा बढ्दो भ्रष्टाचार, पारदर्शिताको कमी, जवाफदेहिता र उत्तरदायित्वको अभावले गर्दा मुलुकले विकासको गति लिन सकेको छैन । यी विविध कारणले गर्दा भ्रष्टाचारलाई मलजल पुगेको छ । सुशासनको बाधक भनेको भ्रष्टाचार हो ।

भ्रष्टाचार भनेको प्राणघातक रोग जस्तै हो यसलाई मौलाउन दिनु हुँदैन । यसको सही समयमा उपचार गरिएन भने जे पनि हुन सक्छ । यद्यपि समाजमा गहिरो रूपमा जरा गाडेर बसेको भ्रष्टाचार जरै देखि उखेल्न सक्यौँ भने सुशासन कायम गर्न सकिने देखिन्छ । सरकारको एकल प्रयासले संभव देखिएन यसको लागि सामुहिक प्रयास जरुरी छ । देशमा भ्रष्टाचारका कारण आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक क्षेत्रमा नकारात्मक असर परिरहेको छ । भ्रष्टाचार सार्वजनिक क्षेत्रमा मात्रै नभई निजी क्षेत्रमा पनि मौलाउँदै गएको छ । किनभने उनीहरुको नै यसमा मिलेमतो हुन्छ ।

निजी क्षेत्रले घुस खुवाएर भ्रष्टाचारलाई बढावा दिएका छन् । भ्रष्टाचारले समग्र राष्ट्रलाई आर्थिक रूपमा कमजोर बनाउँछ । किनभने राष्ट्रको ढुकुटीमा जम्मा हुनुपर्ने राजस्व कुनै व्यक्तिका नाममा जम्माहुँदा देशको अर्थतन्त्र खोक्रो बन्दै जानु स्वाभाविकै हो। यसर्थ भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम राख्नु वर्तमान समयको माग हो। भ्रष्टाचारले मुलुकको समग्र विकासको गति रोक्ने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here