गुड मर्निङ्ग नेपालको १२ औं रक्तदान कार्यक्रम

0
64

गुड मर्निङ्ग नेपालले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कपन वरपर रहेका जागरुक ४० जना समाजसेवीहरुको पहलमा स्थापना भएको सामाजिक संस्था गुड मर्निङ्ग नेपालले कपनमा १२ औं रक्तदान कार्यक्रम आयोजना गरि सफलता पूर्वक सम्पन्न गरेको छ ।

स्वास्थ्य संगै समाजसेवा भन्ने भाव बोकेर विहानी पख मर्निङ्ग वाकमा निस्कने समूहहरुलाई एकजुट बनाएर संस्थाको स्थापना गर्दै हाल ८० जना सदस्य रहेको संस्थाका अध्यक्ष कुल बहादुर बस्नेतले जानकारी दिए । उल्लेख्य संख्यामा उपस्थित समाजसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए । कार्यक्रम सम्पन्नका लागी योगदान दिएका समाजसेवीलाई संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो ।
समाजमा निस्वार्थ सेवा भावले लागेका समाजसेवीहरुको विशेष पहलमा रक्तदान वाहेक असाहयहरुको सेवामा निरन्तर लागी पर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here