लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल ‘छन्दे’ सम्मानित

0
367

काठमाडौंमा उपन्यासकार दिलु सिप्तुङ्खा राईद्वारा लिखित उपन्यास ‘प्रेमको लालपुर्जा’ को नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले लोकार्पण गर्नु भयो । कार्यक्रम सहयात्री दर्पण नेपालका अध्यक्ष गोबिन्द कडेल आँसुको अध्यक्षतामा सप्पन्न भएको थियो ।

कार्यक्रममा समालोचक तर्कना शर्माले ‘प्रेमको लालपुर्जा’ माथि समीक्षात्मक मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा उपन्यासकार दिलु सिप्तुङ्खा राई ज्यूलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती ज्यू द्वारा सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा साहित्यकारहरु डम्बर पहाडी, नन्दु उप्रेती, पुरु लम्साल, दुर्गा तिवारी आदिको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमलाई पत्रकार भगवती तिमल्सिना र चर्चित हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’ लइ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको हातबाट विशिष्ट सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here