फरक अबधारणाका साथ आयोजना हुन लागेको ‘क्रियटिभ दिभा’ को लागी आबेदन खुलेको छ ।
प्लानेट मल्टीमेडिया ईन्टरनेशनलको आयोजनामा प्रदेश नं १ दमकबाट सुरु गर्न लागिएको कार्यक्रम ‘क्रीयटिभ दिभा’को सम्पूर्ण पूर्व तयारी सकिएको छ ।
नेपालमै पहिलो पटक हुन लागेको यो कार्यक्रममा फरक प्रस्तुती मात्र रहदैंन, तीन बिधालाई एउटै कार्यक्रममा फरक फरक प्रस्तुती रहने गरी एउटै मञ्चमा प्रतिस्प्रर्धा गराईनेछ । फेशन र मोडलिङसँग सम्बन्धित तीन बिधा सौन्दर्य कर्मि, (मेक अप आर्टिस्ट), फेशन डिजाईनर र मोडल (र्याम्प मोडेल) हरुको आफ्नो प्रतिभा प्रस्तुती एकै समय एउटै मञ्चबाट गराईनेछ । तीन फरक बिधालाई संयोजन गरी एउटै मञ्चमा प्रस्तुत गर्न लागिएको यो पहिलो कार्यक्रम भएको कम्पन्री प्रमुख तथा प्रोग्राम डिरेक्टर मोनित महर्जनले बताउनु भयो । कार्यक्रम निकै मनोरञ्जनत्मक हुने अनि भब्य हुनुका साथै सहभागिहरुले आफ्नो क्षेत्रमा एक कदम अघी बढन मद्दत गर्ने बिश्वास आफुलाई भएको मोनितले बताउनु भयो ।

यस अघी नेपालका धेरै शहरहरुमा सफलता पुर्वक कार्यक्रम आयोजना गर्दै आएको प्लानेट मल्टिमेडियाको यो लकडाउन पछिको यो नयाँ कार्यक्रम हो । काठमाण्डौं मात्र केन्द्रीत नरहेर पश्चिमको धनगढी, महेन्द्रनगर अनि पूर्वमा झापा सम्म बिभिन्न बिधाको कार्यक्रमहरु आयोजना गर्दै आएको भए पनि झन्डै १ बर्ष पछी हुनलागेको यो कार्यक्रममा छुट्टै उत्साह महशुस गरिरहेको आयोजक टिमका बाकिं सदस्यहरु सुनाउँछन ।
यस प्रतियोगितामा सहभागिहरुले आफ्नो बिधामा थप नयाँ अनि धेरै उपायोगी कुराहरु सिक्ने अबसरको रुपमा लिने कुरामा आयोजकहरु बिश्वस्त रहेकाछन । आयोजक कम्पनी प्रमुख प्रतियोगिता बारे थप जानकारी दिदैं भन्नु हुन्छ , “प्रतिभा प्रस्फुतन गर्नको लागी धेरै कार्यक्रमहरु आयोजना हुँदै आईरहेका छन । सबै आफ्नो बिशेषताका साथ गरिएको हुन्छ तर प्रतियोगिता किन पनि पृथक छ भने यस कार्यक्रममा आफ्नो प्रतिभा देखाउने मात्र हैन आफ्नो प्रतिभा निखार्दै, आफ्नो क्षमता आफै मुल्यांकन गर्दै र आफ्नो क्षमता अभिबृदी गर्न बिज्ञहरुबाट ज्ञान लिन सकिने मञ्च पनि हो ।”
प्रतियोगिताको लागी तिनै बिधाका लागी आबेदन खुल्ला गरिएको र आबेदन दर्ता गराउने शुल्क ५०० रुपैंया रहेको पनि आयोजकले जानकारी गराएका छन । टेलिभिजन रियालिटी सो को अबधारणामा तयार गरिएको यस प्रतियोगितामा सहभागिहरुले बिभिन्न चरण पार गर्न पर्ने रहेको र ति चरणहरुमा सहभागी गराउनु अघी सबै बिधामा त्यस बिधाका बिशेषज्ञबाट बिशेष प्रशिक्षण गराईने पनि आयोजकले जानकारी दिए ।