डा.डिआर उपाध्याय,
माधव भन्दा ओली चर्तुर र शक्तिशाली छन । ओलीलाई सजिलै प्रधानमन्त्रीबाट हटाउने आधार अझै बनेको छैन । प्रतिनिधिसभा पुनस्र्थापनापछि पनि ओली उर्जावान नै छन । उनमा कुनै निराशको संकेत छैन । राजनीति भनेको नै उतार चढाव हो । यसलाई थेग्न सक्नु पर्छ । ओलीले सवै कुरा थेग्न सक्छन । प्रचण्ड माधवमा त्यो क्षमता छैन । ओली आफना कार्यकर्तालाई संरक्षण गर्न सिपालु छन । तर प्रचण्ड माधव त्यसमा असफल छन । नेता भनेको ओली जस्तो हुनु पर्छ । किन भने जस्तो परिस्थितीमा पनि लडन सक्ने क्षमता ओलीमा छ अरु नेतामा छैन । अरु सवै कातर हुन । मैले बेला बेलामा लेखेर भए पनि सुझाव दिने गर्छु तर सुनुवाई हुदैन । समस्या यो हो । ओलीले भरपर्दो आधार तय नभए सम्म प्रधानमन्त्री पदवाट राजीनामा दिनु हुदैन ।
किन भने मुलुक संकटमा जान्छ । सरकार गठन अहिलेको आवश्यकता होइन । नयाँ सरकारको सम्भावना देख्नु भनेको संसद खरिद बिक्रिको खेल हो । यसले मुलुकलाई ठूलो घाटा पुयाउँछ । अहिले नयाँ सरकार आबश्यक छैन । नौटंकीमा मुलुकलाई फसाउनु हुदैन । अहिले जे भइरहेको छ त्यो सवै नौटंकी हो । जनतालाई ढोका दिएर माधव, प्रचण्ड र ओली बिभाजन हुनु भनेको जनता माथिको ठूलो घात हो । किन भने जनता फुट को पक्षमा छैनन । तत्काल नेकपा मिल्नुको बिकल्प छैन । अहिले नेकपा बिभाजन हुनु भनेको जनघात हो । जनताको घात गर्नु भनेको ठूलो पाप हो । अहिले नयाँ सरकार बन्ने अवस्था बनेको छैन ।यस बीचमा प्रतिपक्षी दल नेपाली काँग्रेस मौन छ । प्रतिनिधि सभाको तेस्रो दल जनता समाजवादी पार्टी पनि अन्योलमा छ ।
सत्तारुढ नेकपाको प्रचण्ड – माधव गुटले समस्या सृजना गरिरहेको छ । उनीहरुले आफू सकिने बाटो रोजीरहेका छन् । मुलुकको हित चाहने हो भने माधव प्रचण्ड समूह ओली समूहसँग तत्काल एकता गर्नु पर्छ । ओली समूह भनेको नेकपाको मूलधार हो । विगतका कमीकमजोरी लाई सच्चाउँदै माधव प्रचण्ड र ओली समूह पार्टी एकतालाई बलियो बनाउन लागिपर्नु पर्छ । आम चुनाव भएको पाँच वर्ष सम्म प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री हुन् ।
किनभने ओलीलाई जनताले पाँच वर्ष सम्म सरकार चलाउने जिम्मा दिएका छन् । यसमा तल माथि हुनु हुँदैन । राजनीतिक स्थिरताको लागि ओली सरकार नै अहिलेको आवश्यकता हो । किनभने ओलीमा अडान छ । आम नेपाली जनताले विश्वास र भरोसा गरेका नेता हुन प्रधानमन्त्री ओली । माधव प्रचण्डले भाड्दैमा केपी ओलीको पार्टी भाडिदैन । केपी ओली नेपालको आँट र साहस भएका नेता हुन । उनीबाट माधव प्रचण्डले धेरै कुरा सिक्नु पर्ने देखिन्छ । विगतमा नाकाबन्दी हुँदा पनि भारत सँग झुक्दै नझुक्ने साहसी प्रधानमन्त्री हुन् ओली । ओलीलाई कसैले कमजोर नसोचे हुन्छ ।