चलचित्र ‘तिम्रो हुने कहिले ?’को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

0
279

चलचित्र ‘तिम्रो हुने कहिले ?’को शीर्ष गीत सार्वजनिक भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक भएको हो । रोमाण्टिक भावको यस युगल गीतमा चर्चित गायक बबुल गिरी र सुजाता केसीले स्वर दिनुभएको छ ।

प्रस्तुत गीतमा शब्द, सङ्गीत र सङ्गीत संयोजन बाबुल गिरीको छ । चोखो मायालाई गहिरो तरिकाले उजागर गर्न खोजिएको यस गीतमा नितु पौडेल र रमिला बानले कोरस स्वर दिनुभएको छ । मनोज डङ्गोलको रेकर्डिङ र मिक्सिङ रहेको यो गीतको गिरिस रिजालले डबिङ गर्नुभएको हो । गीतको भिडियो क्लासिक फार्म मुभीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतको भिडिओमा प्रकाश चन्द, मौसमी ओली, कारण पाण्डे, सविन बास्तोला, शारदा गिरी, मिना जिसी, सुधन धिताल, मुस्कान रेग्मी, मोहन घिमिरे, सुपा खनाल, ललित सिंह साउद, सेखर खनाल, सश अधिकारी, रचना पौडेल, काजल गिरी, कंगना बस्नेत, सरोज मानन्धर लगायतको अभिनय देख्न सकिन्छ ।

भिडिओमा कोरियोग्राफी सुरेश पाण्डे र सुनिता बस्नेतले गर्नुभएको छ भने मेकअफ रुपा मानन्धरले गर्नुभएको छ । जसको छायांकन रामकृष्ण चौलागाईले र सम्पादन ललित सिंह साउदले गर्नुभएको छ ।

राजु गिरीको कथा तथा निर्देशन रहेको यो चलचित्रका निर्माता श्याम खत्री हुनुहुन्छ । चलचित्र आगामी बैशाख १० गतेबाट देशैभर प्रदर्शनमा आउने बतााइएको छ । सार्वजनिक कार्यक्रममा अतिथिहरूले चलचित्रलाई सफलताको शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here