वरिष्ठ सौन्दर्यविद सुष्मा महराद्वारा संचालित फेसियल हाउसलाई “नेपाल्स नम्बर वान ब्युटी सैलुन “अवार्ड प्रदान

0
313

फागुन २३,काठमाडौं । समय सान्धर्भिक रुपका फेशनलेबल डिजाईन मेकअप साथै सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्स सिप उपलब्ध गराउने प्रख्यात ब्यूटि सैलुन फेसियल हाउसलाई “नेपाल्स नम्बर वान ब्युटी सैलुन”अवार्ड प्रदान गरिएको छ । मोडल सङ्ग्स नेपालको आयोजनामा‘ नेपाली कला,संस्कृति,सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’मोडल सङ्ग्स अवार्ड दोश्रो संस्करण २०२०’एक भव्य समारोहका बिच फेसियल हाउसलाई अवार्ड प्रदान गरिएको हो।

कार्यक्रममा फेसियल हाउसका प्रवन्ध निर्देशक सुषमा महराले उक्त अवार्ड लिएकी थिइन । फेसियल हाउसल अहिले काठमाडौंको काठमाडौं मल , सिटिसि मल र चावेल गणेश थान र पोखराको पोखरा ट्रेडमलमा सञ्चालीत छ । निर्देशक महराका अनुसार फेसियल हाउसको काठमाडौंमा थप एक र काठमाडौं वाहिर एक ब्रान्च थपको लागि काम भईरहेको जनाएका छीन् । फेसियल हाउस ’ काठमाडौं उपत्यका भित्र भएका व्युटी सैलुनहरु मध्यकै उत्कृष्ट सैलुनमा पर्दछ ।

सौन्दर्य व्यबसायमा सफलता हाँसिल गरेकी बरिष्ठ सौन्दयकर्मी सुषमा महरा द्वारा सञ्चालीत ‘फेसियल हाउस ले नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्राएको छ । टाटु रिमुभर लेजर मेसिन , हेयर, व्युटी र स्किन केयर मेसिन कृतिम परेला पत्यारोपन आईलाईसिस एक्टेन्सन , माइक्रोबेडिङ, जेल नेल आर्ट, पर्मामेन्ट मेकअप, पेयर सिन, डेडलक जस्ता थुप्रै नयाँ पुस्तामा प्रचलित हुने प्रविधिहरु उपलब्धछ । साथै फेसियल हाउसले व्युटी ट्रेनिङ सुविधा पनि दिदै आएको छ । नेपालीहरुको छाला र कपाललाई मध्यनजर राख्दै चीन, मलेशिया, कोरिया र थाईल्याण्डको कम्पनीहरुसँग सहकार्य गरेर हर्वल व्युटी केयर कस्मेटिकको होलसेल तथा रिटेल सेवा पनि दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here