‘मिष्टर एण्ड मिस प्लस टु आइकन’को उपाधी नेहा तथा विनिभले जित

0
399

एएनपी मिडिया हाउसद्वारा आयोजित “मिष्टर एण्ड मिस प्लस टु आइकन २०२१” राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ । सूचना तथा संचार पूर्व मन्त्री डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा मिस प्लस टु तर्फ नेहा कुमारी रायले उपाधी हात पारेकी थिईन भने उनले पव्लिक च्याईस, मोष्ट ट्यालेन्ट, मोष्ट पन्च्यूल तथा फेसबुक च्याईसको टाईटल समेत जितेकी थिईन भने फस्ट रनर अप तथा मिस फोटोजेनीक सदिक्षा श्रेष्ठले हात पारिन त्यसै गरि सेकेण्ड रनर अपमा सबि श्रेष्ठले बेष्ट र्याम्प वाक, आयुषा दाहाल, थर्ड रनर अप तथा बेष्ट स्पिचको टाईटल हात पार्न सफल भईन । प्रतियोगितामा हर्सना खतिवडा फोर्थ रनर अप, मोष्ट डिसिप्लेन तथा मोष्ट स्टाईलिस, सम्झना घले भ्युवर च्याईस तथा मिस कन्जुलारिटि,ईरिका श्रेष्ठ बेष्ट पर्सानिलिटी, आवृत्ति बैध मोष्ट चार्मिङ्ग, निरुता तामाङ्ग मोष्ट फ्रेण्डली, तथा काशिस कोईराला मोष्ट व्युटिफुल,खुश्बु शाह मोष्ट कन्फिडेन्ट तथा मोष्ट पोजिटिभ एटिच्यूट, शलु थापा,बेष्ट डान्स, सरु मर्हजन बेष्ट सिङ्गर तथा मोष्ट डिजरभिङ्ग र दिव्या नगरकोटीले म्यानेजमेन्ट च्याईस टाईटल हात पार्न सफल भएका थिए ।

उक्त कार्यक्रममा प्लस टु तथा विद्यालयमा अध्ययनरत छात्र–छात्राहरुको वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धि सम्बन्धि ज्ञानवद्र्धक तालिम पश्चात फाइनलमा भाग लिएका प्रतियोगितामा मिस्टर तर्फ विनिभ श्रेष्ठले पव्लिक च्याईस,मिस्टर फोटोजेनीक तथा फेसबुक च्याईसको टाईटल हात पार्दै विजेता घोषित भएका थिए । रोहन महर्जनले फस्ट रनर अपको साथमा मोष्ट ट्यालेन्टको उपाधी जित्दा दिपेश परियार सेकेण्ड रनर अफ तथा बेष्ट डान्स,बिजय प्रधान मिस्टर र्याम्प वाक तथा मिस्टर हैण्डसम, स्विभिन प्रिन्स बेष्ट सिङ्गर तथा बेष्ट पर्सानिलिटि, आशुतोष बर्मा मिस्टर कन्जुलारिटिको उपाधी पाउन सफल भएका थिए ।


कार्यक्रममा कोरोना कहरका कारण देशभर गरिएको लक डाउनको समयमा आयोजित भच्र्यूयल प्रतियोगिता “लिटिल प्राइड अफ नेपाल २०२० (अनलाइन कम्पीटिशन)”, “ट्यालेन्ट हन्ट २०२० (अनलाइन कम्पीटिशन)” र “लिटिल स्टार आइकन २०२० (अनलाइन कम्पीटिशन)” का विजेताहरुलाई पुरस्कार वितरण तथा क्राउनिङ्ग सेरोमनी राखिएको थियो । वरिष्ठ गायक तथा आयल निगमका पूर्व निर्देशक सिताराम पोखरेल हिसानका उपाध्यक्ष तथा शिक्षाविद डा.स्वागत श्रेष्ठ भिएस निकेतन कलेजकी प्रिन्सिपल संगिता श्रेष्ठ तथा गायक निर्णय एनएसकेको निर्णायक मण्डलमा रहेर निर्णय दिएका थिए ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा नेपाल विधार्थी युनियनका महामन्त्रि मनोज वैधका विशेष आतिथ्यता रहेको कार्यक्रममा साईवर सुरक्षा विशेषज्ञ तथा समाजसेवी सुवाष न्यौपाने र नायक तथा बैंकर्स तेज गिरीलाई सम्मान गरिएको आयोजक एएनपी मिडिया हाउसका प्रमुख लब बहादुर कार्कीले बताए ।
शम्भु प्रसाद रेग्मिको संयोजनमा आयोजित प्रतियोगिताको कोरियोग्राफी सुमी बानियाले गरेकी थिईन भने कार्यक्रमको संचालन रोजिन शाक्यले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here