महिला दिवस र अधिकारका कुरा

0
306

-डा.डिआर उपाध्याय,

महिला दिवस र अधिकारका कुरा महिलाहरुले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस धुमधामका साथ हिजो मनाएका छन । श्रमिक महिलाको हकहितका लागि आवाज उठाउँनु उनीहरुको अधिकारको कुरा हो । यो दिवस विश्वस्तरमै मनाउने गरिन्छ । यो दिवसलाई नेपालले पनि विशेष रुपमा मनाउदै आएको छ । महिलाको सुरक्षा, सम्मान र रोजगार; समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइएको हो । नेपालमा महिला दिवस हरेक बर्ष मनाईने गरिन्छ । बिभिन्न संघ संस्थाहरुले पनि यो दिवसमा अन्तरक्रियाका साथ महिलाहरुलाई सम्मान गदै पनि आएका छन । महिलालाई सम्मान गर्न सवैले सिक्नु पर्छ । जहाँ नारीको सम्मान र इज्जत गरिन्छ त्यहाँ लक्ष्मीको बास हुन्छ भन्ने मान्यता छ । महिला दिवस हिजो जसरी उत्साहका साथ मनाइयो त्यसै गरी महिला अधिकारका लागी पनि सवै जुटेर अघि बढनु पर्छ । नेपाल सरकार तथा महिलाका विषयमा काम गर्ने संंघसंस्थाले हरेक बर्ष यो दिवस मनाउँदै आएका छन । यो राम्रो पक्ष हो । तर महिला दिवसलाई औपचारिक कार्यक्रममै सीमित गरिएको देखिन्छ । दिवसका अवसरमा मात्र अधिकारका कुरा गरेर हुदैन । अधिकारका कुरा सधै उठाउनु पर्छ । अहिले सम्म पनि समाजमा महिलालाई हेर्ने दृष्टिकाणमा खासै परिवर्तन आउन सकेको छैन । हरेक दिनजसो महिला हिंसामा परेको समाचार आउने गर्छन । बालिका बलात्कृत भएर ज्यान गुमाउने क्रम अझै रोकिएको छैन । अन्यायमा परेका पीडितहरु न्यायका लागि भौंतारिरहेका छन् । महिला हिंसाका घट्ना रोक्नका लागी आम मानिसको सोच र व्यवहारमा परिवर्तन आउन जरुरी छ । मानिसको सोच र व्यवहारमा परिवर्तन नआए सम्म समाजमा महिला हिंसा रोकिने अवस्था देखिदैन । महिला हिंंसा, घरेलु हिंसा, बलात्कार, दाइजोका नाममा हत्याजस्ता यी घटना अपराध हुन । अपराधीहरुलाई कडा भन्दा कडा कानुनी सजाँय नदिए सम्म यी घटनाहरु अझै बढेर जाने देखिन्छ । महिलामाथि हुने अपराधको संख्या दिनौं बढिरहेको छ । गत महिना मात्रै बलात्कारपछि बैतडीकी भागरथी भट्टको हत्या भएको घटना बाहिर आयो । महिलाका मुद्दामा सरकार गम्भीर बन्न जरुरी छ । कानुन राम्रो हँुदाहुँदै पनि कार्यान्वयनको पक्ष फितलो देखिन्छ । महिला तथा बालबालिकाको मुद्दामा घटना नै दर्ता नहुने, मिलापत्र गराइने जस्ता प्रचलन यथावतै छन्। यसले गर्दा समाजमा दण्डहीनता मौलाएको छ । अपराधीलाई राजनीतिक संरक्षण दिइनु हुदैन । यो प्रचलनले महिला समस्यामा पर्दै गएका छन् । महिलामाथिको हिंसा, विभेद रोक्नु पर्छ । यस्ता कुरामा सरकार संवेदनशील हुनुपर्छ । प्रभावकारी ढंगले अनुसन्धान गरी अपराधीलाई कानुनी दायरामा ल्याउनु सरकारको प्रमुख जिम्मेवारी हो । २१ औं शताब्दीमा पनि नेपालमा महिला र पुरुषबीच सामाजिक, आर्थिक र सांस्कृतिक विभेद कायमै छ । लैंगिक विभेदबाट हाम्रो समाज अझै मुक्त हुन सकेको छैन । महिला र पुरुष भनेको एकै रथका दुई पाङ्ग्रा हुन । ठाउँठाउँमा महिला तथा बालबालिकामाथि सामूहिक बलात्कारपछि हत्या बढ्दै गएको छ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तले न्याय पाउन नसक्दा अपराधीहरूको हौसला बढ्यो । बझाङकी १२ वर्षीया सम्झना कामी, बैतडीकी १७ वर्षीया भागरथी भट्ट र महोत्तरीकी ६ वर्षीया गुलाफ साह खातुनले निर्मलाकै नियति भोग्नुप¥यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here