-डा.डिआर उपाध्याय,
मुलुकको राजनीति बुझीनसक्नु छ । कति बेला के हुन्छ केहि भन्न सकिने अवस्था छैन । देशको राजनीतिमा नाटक मन्चन भइरहेको छ । सर्वोच्चको पछिल्लो फैसला पछि राजनीति बाटो आ आफनो बनेको छ । नेकपा माओवादी केन्द्र र एमाले ब्यूँतिए पछि आ आफनो बाटो लाग्नु बाध्यता भएको छ । राजनीति भनेको घुमाउरो बाटो रहेछ , राजनीति बाटो सिधा नहुदो रहेछ , यो शिद्धान्तको कुरा होइन , यो भोगाइ र देखेको कुरा हो । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई धारे हात लगाएर गाली गर्ने हरु शिर झुकाएर आफनै घर एमालेमा फर्किएका छन । यो सर्वोच्च अदालतको फैसलाको परिणाम हो ।
अवका आउँदा दिनमा राजनीति कसरी अघि बढछ त्यो हेर्न भने बाँकी नै छ । पछिल्लो सर्वोच्चको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओली अझै बलियो र शक्तिशाली बन्ने संकेत देखिएको छ । यो फैसलाले पुष्पकमल दाहाल लाई भने घाटा पुयाएको छ । दाहालका केहि नेता , कार्यकर्ता ओलीको पक्षमा खुलेर लागेका छन । ओलीले पनि नेकपा माओवादी केन्द्रका नेतालाई एमालेमा राम्रो जिम्मेवारी दिएर बिश्वास जित्नु भएको छ ।
यसले के संकेत देखाउछ भने भोली माओवादी केन्द्रका नेता कार्यकर्ता एमालेमा आउने निश्चित छ । अव देश नयाँ ढंगले अघि बढने अवस्था देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका शीर्ष नेताहरु संग छलफल गर्नु भएको छ । छलफल सकारात्मक भएको सञ्चार माध्यममा आएको छ । उक्त छलफलमा रेशम चौधरीलाई जेलवाट छुटाउने कुराले महत्व पाएको बुझन सकिन्छ । जसपाको प्रमुख सर्त यो भएको बुझन सकिन्छ । यो सर्त पुरा भए जसपा सरकारमा सहभागी हुने बलियो आधार तय भएको छ ।
ओली राजनीतिका चतुर खेलाडी हुनुहुन्छ । अस्ति भर्खरै बिप्लवलाई शान्तिपूर्ण मूल राजनीतिको बाटोमा ल्याउनु भयो । यो सवैको लागी खुशिको कुरा हो । जति सुकै ओलीलाई धारे हात लगाए पनि ओलीका रणनीति र योजनाहरु सफल हुदै आएका छन । हिजो ओलीलाई गाली गर्ने नेताहरुले कुन मुख लिएर ओलीलाई भेटने होलान्। बडो अचम्मको कुरा त यो छ । राजनीतिमा यस्ता गलत संस्कार र परम्पराको अन्त्य जरुरी छ । राजनीति बिचार र शिद्धान्तले चल्ने हो ।
गाली गलोजले होइन । हिजो एक अर्का माथी गाली गलौज गर्ने नेताहरु बैठकमा संगै कसरी बस्ने होलान । मञ्च पाए पछि के बोले थाहा नपाउने नेताका कारण देश बिग्रिएको छ । यो देश कसले सपार्ने हो भगवानले जानुन । नेपाली जनता लामोसमय देखि दुःख कस्ट बेहोदै आएका छन । यो देशमा नेता धनि बन्दै जाने र जनता झन पछि झन गरिव हुदै जाने अवस्था छ ।
जनताले देशमा राजनीति दलवाट देशको बिकास र समृद्धि हुन्छ भन्ने आश गरेका थिए तर आशा अनुसार काम हुन सकेको छैन । ओली सरकारले केहि गर्न खोजेकै होतर पाटी भित्रको आन्तरिक विवादले धेरै कुरा ओझेलमा परेका छन । यो सरकारको खुट्टा तान्ने काम आफ्नै पार्टीका नेताहरु बाट धेरै भयो । तर योजना सफल भएन । आफू पनि नगर्ने अरुले गर्न खोज्दा गर्न पनि नदिने यो गलत संस्कारले कसैलाई अघि बढाउदैन ।