नेपाली अभिनेत्री नितु कोइरालालाई भारतमा ‘महात्मा गान्धी एक्सिलेन्ट अवार्ड’

0
381

नेपाल तथा भारतमा पटक पटक सम्मानित हुदैं आउनु भएकी नेपाली कला क्षेत्रमा आफनो छुटटै पहिचान बनाउन सफल भएकी अभिनेत्री नितु कोइराला लगातार रुपमा भारतका विभिन्न कार्यक्रममा सम्मानित भएकी छिन् ।

सरल स्वभावले परिचित अभिनेत्री कोइराला सन २०२० र २०२१ का विभिन्न कार्यक्रममा समानित पछि फेरी पनि भारतको उतर प्रदेशका राजधानी लखनउ तथा भारतको राजधानी नयाँ दिल्लीमा छुटा छुट्टै कार्यक्रममा सम्मानित भएकी छिन ।

गएको २० फेबुअरीमा सम्मानित भएकी अभिनेत्री कोइराला ६ मार्चका दिन उतर प्रदेशको राजधानी लखनउमा भएको एक कार्यक्रममा सम्मानित भएकी छिन । उतर प्रदेशको राजधानी लखनउ बलिउडका महान कलाकार मनोज बक्सी प्रमुख अतिथि रहेका कार्यक्रममा महात्मा गान्धी एकसेलेन्ट अर्वाड २०२१ बाट सम्मानित भएकी छिन । मानव अधिकारकर्मी , महिला अधिकारकर्मी तथा कलाक्षेत्रमा आफनो छुट्टै पहिचान स्थापित गरेकी अभिनेत्री नितु कोइरालालाई नेपालबाट पहिलो व्यक्तिको रुपमा सम्मानित गरिएको हो ।

त्यस्तै अन्तराष्टिय महिला दिवशको अवसरमा नयाँ दिल्लीमा मार्च ७ तारिखमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भएकी अभिनेत्री कोइरालाई आयोजक संस्थाले भव्य स्वागत गदै सम्मान गरेको छ । भने अर्का संस्थाको आयोजनामा ८ मार्चमा भएको कार्यक्रममा उनलाई पुन भव्य स्वागत गर्दै सम्मान गरेको हो ।

नेपालमा बिभिन्न गिती एल्बमका साथै साना तथा ठुला पर्दाका फिल्म खेलि सकेकी अभिनेत्री नितु कोईराला भारतका विभिन्न स्थानमा भएका सांस्कृतिक कार्यक्रमहरुमा समय समयमा सहभागी हुनुको साथै जज समेतको भुमिका गरि सकेकी छिन् । कलाकारीता क्षेत्रका बाहेक समाजिक क्षेत्रका कार्यमा विषेश रुचि राख्ने गरेकी अभिनेतृ कोइरालाको कलाकारिता क्षेत्रमा एउटा छुट्टै पहिचान रहेको छ । धनले मात्रै नभई मन क्रम र बचनले समेत समाजमा केही गर्न सकिन्छ भन्ने भावना बोकेकी अभिनेत्री कोइरालाको यो कार्यबाट नेपालीहरुको शिर उच्च भएको छ ।

अगामी २२ मार्चका दिन आयोजना हुन गइरहेको एक ठुल्लै समारोहमा पनि उनलाई भव्यताका साथ सम्मानित गरिने तयारी रहेको अभिनेत्री कोइरालाले जानकारी गराएकी छिन । हाल उनी भारतका विभिन्न सांस्कृतिक कार्यक्रमहरु तथा अर्वाड ग्रहणका लागि भारत भ्रमणमा रहेकी छिन् । यस अघि उनी नेपालमा आयोजित विभिन्न कार्यक्रम तथा भारतका प्रायः प्रसिद्ध प्रान्तहरुमा समेत लगाताररुप विभिन्न किसिमका अर्वाडहरु प्राप्त गरिसकेकी छिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here