ग्लोकल आफ्टर स्कूलले स्किल वीक नामक कार्यक्रम आयोजना गर्ने भएको छ । आउदो मार्च २१ देखी २९ सम्म सन्चालन हुने उक्त स्किल वीकमा १८ देखि ३० वर्ष युवायुवतीले कार्यक्रममा निशुल्क रुपमा सहभागीता जनाउन सक्ने र सोहि कार्यक्रमबाट सिप बिकासको बारे जानकारी लिन सकिने आयोजकले जनाएको छ । युवाहरुका लागि खुल्ला मन्च मानिएको कार्यक्रमका लागी आवेदन निशुल्क हुनेछन । कार्यक्रमबाट युवाहरुले सिपका बिभीन्न किसिम, यस क्षेत्र, बजारको माग एवम सिपको महत्वका बारेमा जानकारी पाउने छन । स्किल वीकले युवाहरुलाई बिभिन्न सिपका बारेमा अन्बेशन गर्न, आफु संलग्न हुन एवम ज्ञान हासिल गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ ।
कार्यक्रममा ४ फरक सीप क्षेत्रहरूमा प्रदर्शन गरिनेछ ।
कला र संस्कृति
उद्दमशीलता
पर्यटन तथा आतीथ्य
बिज्ञान तथा प्रबिधी
कार्यक्रमका मुख्य बिशेषताहरुमा छलफल, सिपमुलक प्रस्तुती, केस अध्ययन, प्रतिस्पर्धा, कार्यशाला, इंटर्नशिप र रोजगार मेला रहने छन । कार्यक्रम अवधिभर बिभिन्न संघसंस्थाद्वारा अन्लाईन तथा अफलाइन तालिम एवम कार्यशाला प्रदान गरिने छ । २७ मार्चमा, इन्टर्नशिप र मिनी रोजगार मेला सोल्टी क्राउन प्लाजाको परिसरमा आयोजना गरी केस स्टडी प्रेजेंटेशनको साथसाथै आयोजना गरिने भएको छ ।
२९ मार्च अर्थात कार्यक्रमको अन्तिम दिन समापन समारोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२१ नामक कार्यक्रम सन्चालन गरिनेछ । सी ई वो अनप्लग्ड ग्लोकलको वार्षिक रुपमा सन्चालन गर्ने कार्यक्रम समेत हो। सोही दिन स्किलको क्षेत्रमा योगदान दिएका ४ जना ब्यक्तितत्वहरुलाई सिप पुरस्कार मार्फत सम्मनित गरिनेछ । सम्मानित हुने ब्यक्तितत्वहरुको सिपक्षेत्रको महत्व्पूर्ण कार्यलाई प्रसंशा गर्दै, कार्यक्रममा आउने विद्यार्थी एवम ब्यापार जगतका ब्यक्तिहरुलाई थप उर्जा तथा उत्साह प्राप्त हुनेछ । स्किल वीक र नबिल स्किल हीरो अवार्ड २०२० को समापन समारोहमा एक मुख्य नोट स्पीकरको रूपमा, शैक्षिक सुधारक सोनम वांगचुकको उपस्थितीमा सन्चालन हुनेछ । उनकै जिवनमा आधारीत रहेर वहाँको शिक्षाप्रतिको सिद्धान्तलाई आकर्षक रुपमा थ्री इडीयड्स चलचित्रमा दर्शाइएको थियो ।
ग्लोकल आफ्टर स्कूलले बिगत लामो समय देखि युवा बर्गहरुको सीप विकास गर्न र आफ्नो रुची भएको बिषयमा पोख्त हुन बिभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धाहरु आयोजना गर्दै उनीहरुलाई प्रोत्साहित गर्दै आइरहेको छ । सकारात्मक सोचका साथ युवाहरुमा कौशल विकासका लागि काम गर्दै आएको संस्था हो । उद्योग तथा शैक्षिक क्षेत्रलाई जोड्ने र रोजगारमूलक सीप सिकाउन यो कम्पनी उद्यत छ । यसले विभिन्न प्रशिक्षण, वर्कसप, अनलाइन तथा अफलाइन कोर्षको माध्यमबाट सीपमूलक शिक्षा प्रदान गरिरहेको छ ।
के हो स्किल्ल वीक ?
‘स्किल वीक’ एक हप्ते कार्यक्रम हो जसमा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस अध्ययन, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सिपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिने छ ।
कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बद्द्दोे सिप प्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्य राखिएको छ ।
गत बर्ष, सयौं युवाहरूले यस साझा प्लेटफर्ममा बिभिन्न सिपमुलक कार्यशाला एवम प्रतिस्पर्धामा उल्लेखनिय उपस्थिती जनाएका थिए । उनिहरुले नेपालकै पहिलो स्किल फेस्ट पनि अवलोकण गरेका थिए । गतबर्ष झै यसबर्ष पनि हामी स्किल वीक कार्यक्रमको नयाँ संस्करण ल्याइरहेका छौं जसले रोजगारको लागि सीपको लागि इकोसिस्टम निर्माणको लागि कडा उद्देश्य राख्छ ।