- डा.डिआर उपाध्याय,
नेपालको पछिल्लो राजनीति नराम्रो संग गोलचक्करमा फसिरहेको छ । नेपालको प्रमुख राजनीतिक दल नेकपा छिन्न भिन्न भएको छ । अहिलेको राजनीति गतिविधिले खासै राम्रो संकेत देखाइरहेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद् विघटन गरेयताको राजनीतिक घटनाक्रमले उतारचढाव ल्याएको छ ।
प्रधानमन्त्रीको संसद् विघटनको कदमलाई सर्वोच्च अदालतले फागुन ११ मा फैसला बदर गरेपछि राजनीतिक निकास निस्कने अपेक्षा गरिएको थियो । त्योअपेक्षा बमोजिम राजनीति चलेन । जसको कारण राजनीतिक संकट झन थपिदै छ । राजनीतिक दल र तिनका नेताहरूले जतिसुकै चर्को कुरा गदै हिडे पनि जनता भने मर्कामा छन । नाफाघाटाको राजनीतिले देशलाई कहाँ पुयाउने हो कुनै ठेगान छैन ।
देश र जनताको पक्षमा काम गर्ने दल र नेता नै नेपालमा देखिएनन् । यो बडो समस्याको कुरा छ । जनताले ठूलो आशा र भरोसा गरेर तत्कालिन एमाले र माओवादी केन्द्रको चुनावी गठवन्धनलाई झण्डै दुई तिहाइ बहुमत दिए ।त्यो बहुमत नपचेर अहिले जुन किसिमको गाईजात्रा प्रर्दशन भइरहेको छ यसमा जनता पुरैनिराश छन ।
नेपालको कम्युनिष्ट आन्दोलन बलियो र शक्तिशाली हुने भयो भन्ने जुन किसिमको जनतामा आश थियो त्योअहिले पुरैचक्नाचुर भएको छ । चुनावी गठवन्धनको परिणाम पछि लगत्तै तत्कालिन एमाले र माओवादी केन्द्र बीच पाटी एकता भएर नेकपा निर्माण भयो । पाटी भित्रको आन्तरिक विवादले नेकपा पनि सिद्धियो । नेपालमा कम्युनिष्टहरु पद र शक्तिका लागी एक आपसमा लडेर सिद्धिने गरेका छन ।
अहिले नेकपा एमालेमा ठूलो विवाद देखिएको छ । ओली समूहले एक तर्पिm रुपमा नेताहरुको जिम्मेवारी हेरफेर गरे पछि राजनीति समस्या खडा भएको छ । माधव समूहले पनि समान्तर समिति गठन गरेर अघि बढने संकेत देखाएका छन । यसरी देश अनि पाटी चल्दैन ।
यो सिद्धिने बाटो हो । अव नेकपा एमाले सच्चिने की सिद्धिने ? नेकपा एमाले र माओवादी केन्द्र पाटी एकीकरणको करिब ३३ महिनापछि सर्वोच्चको आदेशले दुवै पार्टी अलग भएका छन्। टुट, फुट र गुटले दुवै पार्टीलाई दीर्घकालीन असर गर्ने निश्चित छ । नेकपा एमाले र माओवादी केन्द्र दुई पार्टीबीचको एकीकरण सिद्धान्त र बिचारको जगमा भन्दा पनि सत्ता र नेतृत्वको स्वार्थमा स्थापित थियो। स्वार्थ र महत्वकांक्षाको दस्ताबेजस्वरूप पालैपालो सरकारको नेतृत्व गर्ने र दुई अध्यक्ष रहने गरी साठी र चालीसको भागबन्डाका आधारमा पार्टी एकीकरण भएको थियो।
त्यो सहमति कार्यन्वयन हुन नसक्दा देश अहिले राजनीतिक संकटको गोलचक्करमा फसेको छ । नेपाली राजनीतिमा बाह्य दबाब र प्रभाव पनि परेको देखिन्छ । २०६२ मंसिर ७ गते तत्कालीन सात राजनीतिक दल र माओवादीबीच दिल्लीमा सम्पन्न भएको बाह्रबुँदे सम्झौतापछि नेपालको राजनीतिमा भारतको निरन्तर प्रभाव रहँदै आएको छ । ओलीको अहंकार र प्रचण्डको पदीय लालचले हालको राजनीतिक संकट निम्तिएकोे विश्लेषण छ । हालको राजनीतिक संकटको कारक ओली , प्रचण्ड , माधव , झलनाथ लगायतका नेताहरु हुन ।
प्रमुख राजनीतिक दलका युवा नेताहरुले यो राजनीतिक संकट आउदा पनि समस्या समाधानका लागी कुनै भूमिका खेल्न सकेनन्। हाल उत्पन्न राजनीतिक तरलताले जनतामा अन्योल सिर्जना गरेको छ। राजनीतिक स्थिरताका लागि जनताले दिएको म्यान्डेटमाथि कुठाराघात भएको छ। अहिलेको राजनीतिक गतिविधिले परिवर्तन विरोधी शक्तिहरूलाई बल पुगेको छ। अव देश सत्ता समीकरणको गोलचक्करमा पुनः फस्ने निश्चित छ । देश पुरानो अवस्थामा फर्किएको छ। दल र तिनका नेताहरु समयमै नसच्चिए बर्वाद हुनेनिश्चित छ । आगामी निर्वाचनमा जनताले यसको फैसला गर्ने छन ।