हिजोको एमाले र आजको एमाले

0
27
  • डा.डिआर उपाध्याय,

कुनै बेला नेकपा (एमाले) को नेतृत्व ब्यवस्थित र चुस्तदुरुस्त थियो भन्ने मानिन्छ । मनमोहन र मदन भण्डारीको पाला एमाले मुलुकको ऊर्जाशील राजनीतिक शक्ति मानिन्थ्यो । त्यस बेला नेता कार्यकर्ता अनुशासित थिए । देश र जनताका लागी ज्यान दिन समेत तयार हुन्थ्ये । हिजोको एमाले र आजको एमालेमा आकाश जमिनको फरक छ । अहिले हिजोको जस्तो त्यस्तो त्यागी स्थिती छैन । कार्यकर्ताले नेताको बिश्वास गर्न छाडि सके । त्यति लामो त्याग तपस्या र दुःखले हुर्काए बढाएको पाटी नेकपा एमाले अहिले विभाजन र विघटनको संघारमा उभिएको छ । नेकपा एमालेका तमाम नेता कार्यकर्ताहरु चिन्तित छन ।

बिगतमा नेकपा एमालेमा हजारौं जुझारु कार्यकर्ता थिए । ती कार्यकर्ताहरु अहिले छिन्न भिन्न छन । २०४७ साल कात्तिकमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) मिलेर नेकपा (एमाले) गठन भएको थियो । नेकपा एमालेको अध्यक्ष मनमोहन अधिकारीलाई बनाइएको थियो भने महासचिवमा मदन भण्डारी । पाटी एकताको पहल मदन भण्डारीले गर्नु भएको थियो । मदन भण्डारी दुरदर्शी र सवैलाई मिलाएर संगै लैजान सक्ने कुशल नेता हुनुहुन्थ्यो । त्यस्ता नेताको अवसानले आज आएर नेकपा एमाले कुहिरोको काग जस्तो बनेको छ । नेपालका कम्युनिस्ट पार्टीहरु फुट , जुट , र गुटबाट गुज्रदै आएका छन । झापा विद्रोहको पृष्ठभूमिको माले र नेकपा (माक्र्सवादी) मनमोहन अधिकारीको नेतृत्वमा थियो ।

यी दुई पार्टीबीचको एकताले एमाले बनेको हो । २०४६ सालपछिको पहिलो आमनिर्वाचनमा एमालेले २०५ निर्वाचन क्षेत्रमध्ये ६९ सिट जितेको थियो । त्यस बेला एमालेले आफुलाई बलियो प्रतिपक्षी दलका रूपमा उभाएको थियो । कांग्रेसले बहुमत प्राप्त गरेर सरकार बनाएको थियो । नेकपा एमालेले २०५१ सालको मध्यावधि चुनावबाट आफुलाई पहिलो ठूलो दल हुँदै अल्पमतको सरकार बनाएको थियो । एमालेको नौं महिने सरकार इतिहासकै लोकप्रिय सरकार हो । त्यस बेला एमाले बलियो राजनीतिक शक्तिका रूपमा स्थापित भइसकेको थियो । विश्वका धेरै ठाउँमा कम्युनिस्ट सत्ता ढलिरहँदा नेपालमा बहुदलीय प्रतिस्पर्धाबाट कम्युनिस्टहरू विजयी हुँदै आएका थिए । नेपालमा कम्युनिस्टहरू निर्वाचनबाट सत्तामा पुगेका थिए ।

यो दुनियाँकै लागि आश्र्यको बिषय बनेको थियो । त्यस बेला एमालेको जनलहर बढनुको मुख्य कारण भनेको तत्कालिन महासचिव मदन भण्डारीको भाषण शैलीले हो । २०४६ सालपछिको खुला राजनीतिमा एमालेप्रति जनआकर्षण बढेकै हो । अद्भुत भाषणकला भएका भण्डारी घण्टौं भाषण गरेर जनताको मन जित्न सक्थ्ये । भण्डारी राजनीतिक÷वैचारिक रूपमा पनि अरु भन्दा अघि नै थिए । उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिए । ‘जनताको बहुदलीय जनवाद’ को राजनीतिक कार्यक्रम उनले जन्माएका हुन ।

प्रतिस्पर्धाको राजनीति नै बहुदलीय जनवाद हो । नेकपा एमालेले भण्डारीले कोरिदिएको बाटो अहिले आएर कता कता बिराए जस्तो छ । नेकपा एमालेले बाटो बिराउनु हुदैन । तपाईहरु मिलेरअघि बढ्नुस यसमा नै देश र जनता अनि पाटीको हित छ । ओली , नेपाल , खनाल , गौतम तपाईहरु बिगतको इतिहासलाई फर्किएर हेर्नुहोस् । यो पाटी हुर्काउन तपाईहरुलाई कति कठिन भएको थियो ।

अहिले ख्याल गर्नु भएको छ । अव बिगततर्फ फर्कनुहोस् र आत्मसमिक्षा गर्नुहोस् । २०५१ सालको एमालेको नौमहिने सरकारले केही दुरगामी प्रभावका कार्यक्रम ल्यायो । आफ्नो गाउँ आफैं बनाऔं, वृद्ध भत्ताजस्ता केही कार्यक्रमको ‘व्याज’ एमाले नेताहरू अहिलेसम्म खाइरहेका छन । एमालेमा ब्यक्तिगत स्वार्थी नेताहरू हाबी भए, जसले विगतमा उठाएका मुद्दा छोड्दै गए । एमालेहरू आफ्नै निजी जीवन उकास्ने ध्याउन्नमा जुटे ।

नेताको जीवनशैली फेरिन थाल्यो । विचारको बहसमा कमी हुन थाल्यो । देश र जनताको अवस्था भने हिजो जस्तो थियो आज पनि त्यस्तै छ । अव नेकपा एमालेले गम्भिरतापूर्वक सोच्नु पर्ने बेला आएको छ । गुटको राजनीतिले मुलुक अघि बढदैन र बढाउन पनि सकिदैन । यो आफू र पाटी नाश हुने खेल हो । अहिले जुन किसिमका खेल भैरहेका छन ती देश र जनताको हित बिपरित छन । अव सवैले गम्भिरतापूर्वक सोचौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here