आरएल लामाको निर्देशनमा निर्माण भएको चलचित्र ‘चोर र पुलिस’ जेठ पाँचदेखि सिनेमाघरमा आउने भएको छ । छायाँकनको सम्पूर्ण काम सकाएर पोष्ट प्रोडक्सनमा रहेको चलचित्र ‘चोर र पुलिस’ जेठ पाँचदेखि आम दर्शकमाझ आउन लागेको हो ।
दोलखा, सिन्धुपाल्चोक, मुडे, चरिकोटल, कुलेखानी, हेटौडा, पोखरा र काठमाडौंलगायतका स्थानमा छायाँकन गरिएको यो चलचित्रमा बुद्धी तामाङ, सुलेमान शंकर ‘इकु’, जयनन्द लामा, धिरन शाक्य ,कविता राय, रेशम फिरिरि, रामचन्द्र अधिकारी, सुरविर पण्डित, कविता राय, बालबलाकारमा अर्नव बिष्ट, कौसल राईलगायतको अभिनय रहेको छ ।
आरएल फिल्म इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा बन्ने चलचित्रका निर्माता सोनाम मोक्तान, लङ्कामाया मोक्तान हुन् । निर्देशक लामाकै लेखन रहेको चलचित्रले नचाहादा नचाहदै चोर बन्नुपर्ने बाध्यता र पुलिसको कतब्यै बिषयबस्तु बनाएको छ । चलचित्रका प्रस्तुतकर्ता खड्ग लामा मोक्तान हुन् ।
चलचित्रमा विकास चौधरीको सङ्गीत, सुरेश लामाको स्वर, आरएल लामाको शब्द, दिनेश पाख्रिनको, अजय स्याङ्तान, अर्जुन भुसालको नृत्य, राजु किरतीको द्वन्द्व र रामेश्वर हुमागाईको छायाँकन छ । चलचित्रमा रमेश खत्री, करणबहादुर बिष्ट, शेखर लामा सहनिर्माता रहेका छन् । चलचित्रको बितरण रीज इन्टरटेनमेन्टका करण श्रेष्ठले गर्नेछन् ।