महिलाहरुको अस्मिता माथि किन खेलवाड ?

0
316
  • डा.डिआर उपाध्याय,

देशमा राजनीतिक स्थिरता भएन भने सामाजिक, सांस्कृतिक, आर्थिक, सवै क्षेत्रमा प्रभाव पर्छ । अहिले देश राजनीतिक अस्थिरताकै कारण अन्योलमा छ । नेपाली समाज विषम परिस्थितिसँग जुध्दै छ । देशले सही बाटो लिएर अगाडि बढ्न नसकिरहेको अवस्था छ । नेपाली समाजमा हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराधहरु दिन–प्रतिदिन बढदै गएका छन । अहिले बिभिन्न सञ्चारमाध्यममा हत्या, हिंसा, बलत्कार, अपहरणजस्ता अपराधका समाचारहरु आइरहेका छन । समाजमा दण्डहीनताको वृद्धि भैरहेको अवस्था छ ।

आज समाजमा घरेलु हिंसा, बालहिंसा, दलित हिंसा, महिला हिंसा, एसिड आक्रमण, बलात्कार, महिला तथा किशोरीहरुमाथि हुने यौन दुराचारजस्ता अपराधका घटनाहरु दोहोरीरहेका छन । अव समाजमा जनचेतना जगाउनु पर्ने आबश्यकता देखिएको छ । समाजमा यौन हिंसा–हत्या, आफ्नै हाडनाताभित्र हुने गरेका घटनाहरु बिभिन्नसञ्चारमाध्यमहरुमा आउने गरेको देखिन्छ । नैतिक शिक्षाको कमीका कारण यस्तो हुदै गएको छ विभिन्न प्रलोभन देखाएर महिलाहरुको अस्मिता माथि खेलवाड गरिएको छ । महिलाहरुको अस्मिता माथि किन खेलवाड ? निर्मला पन्तको बलात्कारपछि हत्या भयो । अहिले सम्म पनि बलात्कारी हत्याराको पत्ता लाग्न सकेको अवस्था छैन । त्यसै गरी बझाङकी १२ वर्षीया बालिका सम्झना विकलाई बलात्कार पछि हत्या गरिएको थियो ।

केहि समय अघि १७वर्षीय किशोरी भागीरथी भट्टको विद्यालयबाट घर फर्किने क्रममा बाटोमै बलात्कार गरी हत्या गरिएको थियो । यस्ता घटनाहरु विभिन्न मिडियाबाट बाहिर आउने गरेको छ । समाजमा हुने गरेका यस्ता विविध घटना दिन–प्रतिदिन बढिरहेका छन । कतिपय घटनाहरुमा पीडकलाई सामान्य कारबाहीमै छाड्ने गरिएको र कतिपय मुद्दाहरुमा न्यायालयबाट पीडितले न्यायसमेत नपाउँदा समाजमा दण्डहीनता दैनिकजस्तो बढिरहेको देखिन्छ । कतिपय घटनामा प्रहरीलेपीडितको उजुरीसमेत नलिएको पनि पाइन्छ ।नेपाली समाजमा दिन–प्रतिदिन यस्ता जघन्य अपराधका घटना सार्वजनिक भैरहँदा महिला, बालबालिका, किशोरी तथा वृद्धाहरु कतिसम्म सुरक्षित छन् त ? भन्ने प्रश्न उठेको छ ।

कुनै महिला घरबाट बाहिर आफ्नो काम गर्नका लागि निस्केपछि घर फर्किंदा सकुसल फर्किन्छ कि फर्किंदैनन् भन्ने प्रश्न पनि उठछ । यस्तो किन भैरहेको छ । महिला अधिकारकर्मीहरु यो बिषयमा अलि बढि गम्भिर हुनु पर्ने देखिएको छ । देशका बिभिन्न ठाउँमा जनचेतनाका साथै नैतिक शिक्षा दिनु पर्ने पनि आबश्यकता देखिन्छ । अशिक्षाका कारण पनि यस्ता जघन्य अपराध दोहोरी रहन्छन । समाजमा अशान्ति, असभ्य, अराजकता बढन दिनु हुदैन ।

नेपालमा विभिन्न प्रकारका ऐन–कानुनहरुको निर्माण त भएकै छन् । तर ती ऐन कानुनको कार्यान्वयन हुने पक्ष भने केही हदसम्म फितलो नै भएको पाइन्छ । यसरी नेपाली समाजमा यस्ता घटनाहरु दिन प्रतिदिन बढ्दै जानु भनेको कानुनको कार्यान्वयन पक्ष फितलो देखिनु नै हो । साथै कानुन सबैका लागि समानरुपमा लागू हुनु पर्छ । कानुनी राज्यमा कानुन सबैभन्दा माथि हुन्छ । त्यसैले कानुन सबैका लागि समान हुनुपर्दछ । ऐन–कानुनहरु राज्यले कडाइका साथ लागू गर्न सक्नुपर्दछ । समाजमा जबसम्म नैतिक शिक्षा, सकारात्मक सोचको विकास हुन सक्दैन तबसम्म यस्ता प्रकारका जघन्य अपराधहरुमा कमी आउन सक्ने अवस्था देखिँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here