देश मियो बिनाको दाइँजस्तो

0
28
  • डा.डिआर उपाध्याय,

नेपाली जनताले राजनीति परिवर्तनका लागि पटक पटक आन्दोलन गरे । जनताकै बलमा देशमा राजनीकि परिवर्तन त भए तर जनताले परिवर्तनवाट खासै केहि पाएनन् । जनताले राजनीतिक दलहरुलाई सहयोग गदै आएका छन । तर राजनीतिक दलहरुले जनताको भाग्य र भविश्य माथि खेलवाड गरे । यो नै दुख्खको कुरा हो । परिवर्तनका लागी हजारौं जनता शहीद भए । नेपाली जनताका छोरा छोरीहरु देशको मुहार फेर्न शहीद भएका हुन ।

कुनै नेताको ब्यक्तिगत जीवन सुधार्न शहीद भएका होइनन् । नेपाली जनताको बलमा राज्यव्यवस्था नै परिवर्तन भयो । संविधान सभाबाट संविधान बन्यो । अब त देशमा विकासको लहर आउला कि भन्ने बेलामा फेरि राजनीतिक दलहरु एक आपसमा लडेर राजनीतिक अस्थिरता ल्याउने खेलमा छन । सत्तामा पुगेका दलका नेताहरु आपसी मनमुटावमा छन । अहिले हरेक दलभित्र गुट, उपगुटको राजनीति चलिरहेको छ ।

सत्ता स्वार्थको राजनीतले देश अघि बढन सकेको छैन । नेताहरुमा राजनीतिक संस्कार छैन । राजनीतिक विसंगतिले देश माथि उठन सकेन । यस्तो राजनीतिक अभ्यासले नेपाली समाज अघि बढन सक्दैन । अहिले कुनै पनि दलका नेताहरुसँग देश विकासको स्पस्ट भिजन देखिँदैन । नेताहरु संग भ्रष्टाचार नियन्त्रण गर्ने कुनै कार्य योजना छैन । नेताहरु पद, पैसा र फाइदाको राजनीतिक खिचातानीमा ब्यस्त छन् । देश मियो बिनाको दाइँजस्तो भएको छ । सबैलाई मिलाउन सक्ने नेतृत्वको अभाव छ । देशमा सुशासन कायम हुन सकेको छैन । विधिको शासनमा देश चल्न सकेको छैन ।

हाम्रा राजनीतिक दलमा न्यूनतम नैतिक आचरण पनि देखिँदैन । पद र पैसा पाएपछि नेताहरु मख्ख छन । आमनागरिक समस्या संग जुधिरहेका छन । आफ्नै दलभित्र नेताहरु मिल्न सक्दैनन् । यहाँ राजनीतिक संस्कारको कमी छ । लोकतान्त्रिक आचरणको अभाव छ । हाम्रो देशका राजनीतिक दलमा सिद्घान्त, निष्ठा, आदर्श, विचार र पद्घतिको कुनै वास्ता छैन । अहिले ओली सरकारलाई हटाउने खेल सुरु भइसकेको छ ।

अब सत्ता स्वार्थको फोहरी खेल भोग्न बाध्य हुनु पर्ने अवस्था सिर्जना हुदैछ । सत्तास्वार्थमा फसेका राजनीतिक दलहरुवाट जनताले आश गर्न पनि छाडि सके । दलहरुका बीचमा सहमति हुनु पर्ने बेला हो यो । पैसाको चलखेलमा नेता लागेका छन । भागबन्डाको राजनीतिले देश पछाडि परेको छ ।

फेरि सरकार गिराउने धन्दा भयो भने मुलुक अस्थिरतामा गयो भन्ने जाने हुन्छ । देशमा सधैं राजनीतिक गाईजात्रा भैरहेको छ ।आमनिर्वाचनबाट अनुमोदित तत्कालीन एमाले र माओवादी दलको एकीकरण पछाडि समाजले ठूलो अपेक्षा राखेको थियो । तर जनताको अपेक्षा बमोजिम काम हुन सकेन । नेपाली समाजको विकासको सपनामा तुषारापात हुन पुगेको छ । नेतृत्वले विकास र समृद्घिको बाटो भुलेर गएको छ ।

सत्तास्वर्थको आन्तरिक झमेलामा फसेको छ । भागबन्डामा अल्झिएको छ । लामो समयसम्म लोकतन्त्रको नाममा सीमित व्यक्ति र समूहले राज्यको सुविधामा फाइदा लिए । देशमा भ्रष्टाचार, नातावाद, कृपावाद र दलगत स्वार्थ बढ्दै गएको छ । लोकतन्त्रको मूल्य, मान्यता र मर्म माथि प्रहार भएको छ । राजनीतिक दलको आचरण लोकतन्त्रिक हुन सकेन । जसको कारण देशले दुःख पाइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here