योगेश काजी, मेघ पौडेल र सारिका घिमिरेको स्वरमा रहेको गीत ‘इन्टु मिन्टु लन्डनमा’ सार्वजनिक भएको छ । कार्टुन क्रुको निर्माण रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियोमा आस्मा विश्वकर्मा, सरोज अधिकारी, जुक्ति विक्रम शाही, पेम्बा मगर, सन्देश थापा र एन्जिला विश्वकर्मा फिचर्ड छन् । प्रभात पौडेलको शब्द रहेको गीतको सङ्गीत भने योगेश कै रहेको छ ।
ज्ञानेन्द्र शर्मा हुमागाईंको छायाँकन रहेको भिडियोमा सरोज अधिकारीको सम्पादन र निर्देशन छ । नृत्य निर्देशन भने आस्माले गरेकी हुन् ।