लक्ष्यराइज सहकारीको आयोजनामा रक्तदान

0
377

६४औं राष्ट्रिय सहकारी दिवसको अवसरमा लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्थाले काठमाडौंकाे गोंगबुमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीसँगै किवानिज क्लब अफ काठमाडौं भ्याली र लायन्स क्लब अफ काठमाडौं मनास्लुकाे संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा १३७ जनाले रक्तदान गरे ।

किवानिज इन्टरनेसनलका नेपाल डिस्ट्रिक्ट गभर्नर मोहन लम्साल लगायत डिस्ट्रिक्ट पदाधिकारीहरूको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको सहकारीका अध्यक्ष सहदेव तिमल्सिनाले बताए । आयोजकहरूको समूहले तीन तीन महिनामा रक्तदान कार्यक्रम गर्दै आएको छ । तीन महिनाअघि चावहिल गणेशस्थानमा रक्तदान गरिएको थियो । तिमल्सिनाका अनुसार, तीन महिनापछिको रक्तदान कलंकीमा गर्ने तय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here