एस स्टडी वर्ल्डले निर्माण गरेको समिर र विद्याको ‘भात खाएर हो’ सार्वजनिक ( भिडियो )

0
314

‘पिच रोड’ र ‘घाममा सुकाइदेउ’ जस्ता चर्चित गीतको युगल गायनमा सफल मानिएको जोडी समिर आचार्य र विद्या तिवारीको नयाँ गीत ‘भात खाएर हो ‘ सार्वजनिक भएको छ। समिरकै शब्द ,संगीत र श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतको भिडियोमा अष्ट्रेलियामा रहेको चर्चित डान्स क्रु ”द नेक्ट”लाइ फिचारिंग गरिएको छ। भिडियोमा ”द नेक्ट”का प्रभा दवाडी ,साजिया मियाँ,अन्जना तामाङ , दिञ्छेन ह्योल्मो ,अमित बज्राचार्य ,अमर पाख्रिन र प्रवेश गौचनको दमदार नृत्य रहेको छ।

अष्ट्रेलियामा बसेर आफ्नो सांगीतिक करिअरलाई अगाडि बढाइरहेका गायक समिर र गायिका विद्याको यसअघिको गीतले राम्रो चर्चा पाइसकेका छन् । ”द नेक्ट”को युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको भिडियोलाई एस स्टडी वर्ल्डले निर्माण गरेको हो। एस स्टडी वर्ल्डले यसअघि पनि राम्रा राम्रा गीतहरुको म्युजिक भिडियोको निर्माण गर्दै आइरहेको छ र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने एसका निर्देशक बिष्णु नेपालले जानकारी दिनु भयो । बिगत लामो समय देखि एस स्टडी वर्ल्डले अस्ट्रेलिया लगायत विश्वभर उच्च शिक्षा अध्ययन गर्न जान चाहने बिद्यार्थीहरुलाई त्यहाको शिक्षा र अध्यागमन (इमिग्रेसन ) सम्बन्धि यथार्थ जानकारी दिदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here