अञ्जु पन्तको स्वरमा रहेको गीत ‘बैगुनी’ सार्वजनिक भएको छ । सभैलोको शब्द, लालकुमार बरालको सङ्गीत, विशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा रामबाबु र गीता ढुंगानाको अभिनय रहेको छ ।
जितु तामाङको छायाँकन रहेको भिडियोमा विकास दुलालको सम्पादन छ । चलचित्रमा अभिनयबाट दर्शकको माया बटुल्न सफल रामबाबु पछिल्लो समय बाक्लै म्युजिक भिडियोमा देखिने गर्नुभएको छ ।
हामी सबैको मिहिनेतले एउटा राम्रो गीतको भिडियो स्रोता/दर्शकमाझ आएको छ सबैले मन पराइदिनुहुने छ भन्नेमा आशावादी रहेको उहाँले बताउनुभयो ।