अहिले नेपालको राजनीति तरल बनेको छ

0
340

-डा.डिआर उपाध्याय,

अहिले नेपाली जनता नांगो आङ र भोको पेट लिएर बाँच्न बिवश छन । नेपाली जनताले यस्तो व्यवस्था चाहेका छन् जुन प्रयोगले संसदीय व्यवस्थामा विकृति नआओस् । अहिले देशमा जुन किसिमको विकृति छाएको छ , यसले लोकतन्त्रको धज्जि उडाएको छ । लोकतन्त्रमा जनताले बोल्न , लेख्न , सभा सम्मेलन गर्न पाउँछन । यो जनताको अधिकारको कुरा हो ।

नेपाली जनताले समानता चाहेका छन । समानताका लागी नेपाली जनता धेरै बर्ष देखि लडदै आएका छन । यो कुरा सवैले बुझन जरुरी छ । अहिले नेपालको राजनीति तरल बनेको छ । वर्तमान राजनीतिक अवस्था त्यति सहज ढंगले अघि बढन सकेको छैन । यो नै समस्याको बिषय हो । देशलाई कुनै पनि नेताले बन्दी बनाउनु हुदैन ।

अहिले जे देखिएको छ , त्यो राम्रो संकेत होइन । अहिले देशमा राजनीतिक दलहरु गुटउपगुटमा बिभाजित छन । यसले मुलुकमा संकट निम्त्याएको छ । जनताको मतलाई दल र तिनका नेताहरुले अपमान गरेका छन । दल भित्रको आन्तरिक किचलो नै यसको मुख्य कारण हो । जनमतको अपमान गर्नु भनेको ठूलो बिश्वासघात हो । लामो समय देखि जनताको थाप्लोमा ऋण थपिएको छ । यो कस्ले बुझने ? नेपाली जनता नांगो आङ र भोको पेट लिएर बाँच्न बिवश छन ।

हामीले देखिरहेका छौ, दिनहुँ जसो बाकसका बाकस नागरिकका लास विदेशबाट आइरहेका छन । यो कुरा बुझन नेपाल सरकारलाई जरुरी छ की छैन ? मैले हरेक दिन प्रश्न गरिरहेको छु । रेमिटेन्सले देश धानेको कुरामा मख्ख पर्नु बेकार हो । यसले देशको बिकास हुदैन । हाम्रो देशमा गरिबी, बेरोजगार, भोकमरी बढिरहेको छ । यो नेपाल सरकारका लागी चुनौतिको बिषय हो ।

हामी अझै कुनै पनि क्षेत्रमा आत्मनिर्भर बन्न सकिरहेका छैनौं । देशको अर्थतन्त्र डामाडोल छ । राष्ट्रिय एकता बलियो बनाउन सवै एक जुट हुनु पर्ने आबश्यकता देखिएको छ । नेपाली कांग्रेसले लामो एतिहास बोकेर पनि जनताको पक्षमा काम गर्न सकेन । त्यसो भएर पनि जनताले कांग्रेसलाई मन पराएनन् । अहिले जनताले कम्युनिष्टलाई पनि मन पराएका छैनन् ।

कम्युनिष्टले अहिले जसरी सत्ता र सरकारको दुरुपयोग गरी राज्यस्रोतको दोहन गरेको छ । यो राम्रो कुरा होइन । अहिले देशमा घुसखोरी, भ्रष्टाचारी र कमिसनतन्त्रको खेल भैरहेको छ । नेताहरुले अकूत सम्पत्ति जोडेर ब्रम लुट गरिरहेका छन । यसो हुनुको मूलभूत कारण संसदीय व्यवस्था नै ठिक नभएर हो । नेताहरु चुनावका बेला जनतासमक्ष जान पर्छ ।

यो कुरा किन भुलेको ? पुँजीपति वर्गको रक्षा र संरक्षण गर्नु गलत हो । यसको जरो देखि नै उखेलेर फाल्नु पर्छ । अहिले देशमा बजार व्यवस्थित हुन सकेको छैन । जनता शोषणमा छन । भ्रष्टाचार, कुशासन, कमिसनको खेल र आर्थिक अनियमितता जस्ता अनेक कुचक्र संसदीय व्यवस्थाका क्यान्सर हुन ।

देशको अहिलेको आबश्यकता भनेको स्थिरता, समृद्धि र दिगो विकास हो । सबै जाति, भाषा, लिंग र क्षेत्रका जनसमुदायको राजकीय अधिकारको समग्रता राष्ट्रियता हो । यो पनि अहिले कमजोर छ। किनकि अधिकारका नाममा दलाल पुँजीवादका सेवकलाई मात्र भोट दिन जनता बाध्य छन्। जनता र शासकबीचको खाडल असाध्यै गहिरो छ। यसकारण जनता आज चरम निराशामा पुगेका छन । अव देश–विदेशमा छरिएका वैज्ञानिक, इन्जिनियर र प्राविधिक सर्जकहरूलाई राष्ट्र निर्माणमा जुट्न आह्वान गर्नु पर्छ । प्राविधिक उत्पादनमा आत्मनिर्भर भई देशको उच्च विकासमा तीव्रता दिनु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here