गायिका स्मिता दाहालको स्वरमा रहेको गीत ‘म त छोरी नेपाली’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । नयाँ बर्ष २०७८ अवसर पारेर सार्वजनिक गरिएको गीतमा चर्चित संगितकार किरण घिमिरे ‘माइकल’को संगीत छ । सुदिप आत्रेयको शव्दमा तयार भएको गीत आत्रेय प्रडक्सन युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।
प्रमोद परियारले एरेञ्ज गरेको गीतमा तेजस्वी गौतम फिचर्ड छिन् । अभी लामाले कोरियोग्राफी गरेका छन् भने निर्देशन तथा सम्पादन फराज अर्पणको छ ।