नमूना कलेजको फेसन शो

0
317

परिमार्जन र परिवर्तन नै फेसनको महत्वपूर्ण तथा आकर्षक पक्ष हो । यही कुरालाई आत्मसाथ गरेको पाइयो नमूना कलेज अफ फेसन टेक्नोलजीको यस पटकको ग्राजुएसन फेसन शोमा । चार वर्षे फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्टको अन्तिम परिक्षा अन्तर्गतको उक्त फेसन शोले प्रदर्शन गरेका पहिरनहरु सुहाउँदा मास्कको फेसन आकर्षक एवं परिस्थिति अनुकूल रहेको पाइयो । हरेक पहिरनसित सुहाउँदो मास्क सहित मोडलहरु मंचमा उत्रिंदा हालको कोभिड १९ को जटिल परिस्थितिलाई पनि सुन्दर रुपमा सम्बोधन गर्न खोजिएको अनुभव गर्न पाइयो । यस बाहेक सो फेसन कार्यक्रममा नेपालमै पहिलो पटक मोडलले लगाएको पहिरनकै हुबहु स्वरुपमा सजाइएको पूतली सहित हरेक पहिरनका सृजनाकर्ता पनि स्टेजमा प्रस्तुत हुँदा कार्यक्रममा थप रौनकता संचार भएको थियो ।

‘अस्तित्व’ शीर्षकमा संचालन गरिएको यस पटकको ग्राजुएसन फेसन शो नमूना कलेज अफ फेसन टेक्नोलजीका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधर सहित मोडलहरु रनवेमा उपस्थिति भएसंगै कार्यक्रमको शुभारम्भ भएको थियो । कार्यक्रम अन्तर्गत ७९ वटा आकर्षक, मनमोहक एवं विविधतायुक्त पहिरनहरुलाई प्रदर्शन गरिएका थिए । ती सुन्दर पहिरनहरुका परिकल्पनाकार एवं सृजनाकर्ताहरु पनि ७९ जना नै थिए । उनीहरु नमूना कलेजमा फेसन डिजाइनिङमा स्नातक गर्दै गरेका १५ औं ब्याचका विद्यार्थी डिजाइनहरु थिए । हरेक पहिरन नारीको साहस, आत्मविश्वास, क्षमता, त्याग, समर्पण, सहनशीलता, वात्सल्यता, धैर्यता, निर्भिकता, निडरता, विनम्रता लगायतका नारी जीवन र व्यक्तित्वका बहुआयामिक गौरवशाली पक्षहरुको कुनै एक वा एक भन्दा पक्षमा आधारित थिए । उक्त फेसन कार्यक्रममा प्रदर्शित पहिरनहरु मार्फत् एकै पटक एउटै मंचमा नारीको बोल्ड एण्ड ब्युटीफुल देखि सेक्सी एण्ड ग्ल्यामरस छवि हुँदै शालीन, गम्भीर, दृढ निश्चयी, ममतामयी, शक्ति स्वरुपा छविलाई अवलोकन गर्न पाइएको थियो ।

सोमबार चैत्र ३० गते साँझ होटल सोल्टी क्राउन प्लाजाको मेघा मल्हार हलमा कोरियोग्राफर रोजिन शाक्यको निर्देशनमा संचालन गरिएको उक्त फेसन शोमा समेटिएका ७९ वटा पहिरनहरुलाई आठ वटा विभिन्न सिक्वेन्स मार्फत् प्रदर्शन गरिएका थिए । जसलाई २० जना युवती मोडलहरुले मनमोहन ढंगबाट प्रस्तुत गरेका थिए । जस अन्तर्गत आधाप्रतिशत व्यवसायिक मोडलहरु थिए भने आधा प्रतिशत नमूना कलेजमै विभिन्न सेमेष्टरमा अध्ययरनत विद्यार्थी डिजाइनरहरु थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here