हेटौडाको मुख्य बजारमा देउराली दोहोरी सांझ खुलेको छ ।
पछिल्लो पटक हेटौडामा पनि दोहोरी गीत मन पराउनेको संख्या बढेसंगै दोहोरी सांझ खुल्न थालेको छ । नव वर्ष २०७८ को अवसर पारेर संचालनमा ल्याइएको उक्त दोहोरी सांझ रेष्टुरेन्टको उदघाटनमा दोहोरीका ख्याती प्राप्त गायक नवराज घोरासैनी,गायिका आशा लामा,गायक रामकृष्ण श्रेष्ठ, गायक रवि सुवेदी,गायिका सन्जना श्रेष्ठ लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।
मिठो स्वादका साथ लोकप्रिय कलाकारहरुको गीत सुन्दै पारिवारिक वातावरणमा रमाउन उत्कृष्ट गन्तव्य बनाउने उद्देश्यले संचालनमा ल्याईएको उक्त दोहोरी सांझमा खानाका परिकारमा २० प्रतिशत छुट समेत दिने गरिएको जानकारी कलाकार संयोजक तथा व्यबसायी रमेश श्रेष्ठले बताए । देउराली दोहोरी सांझ दुई युवा व्यबसायी मदन ठकुरी तथा रमेश ठकुरीले संचालनमा ल्याएका हुन ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400