केहि न केही नयाँ काममा मन लाग्छ

0
539

डा.डिआर उपाध्याय,

मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको तपाईको एक दिन कसरी बित्छ सर ? मैले यो बारे बताएको थिएन । बताउने कोसिस गदै छु । पत्रकारसाथीहरुले पनि कुनै अन्तरबर्ताका क्रममा यो प्रश्न सोध्दै आउनु पनि भएको छ । तर मैले बिस्तृत रुपमा भने अहिले सम्म बताएको छैन । आज बताउँदै छु । म चावहिलमा बस्छु । घाम पानी ओतने घर छ । घरको नजिक अफिस छ । मेरो एक दिन व्यस्तताले नै बित्छ । म बिहान ५ बजे उठि सकेको हुन्छु । उठि सके पछि फ्रेस हुन्छु । त्यस पछि केहि समय योगा र कसरतमा बिताउँछु । घर वरी परि बिहानको ताजा हावामा घुमफिर गर्छु । हात मुख धोएर मन तातो एक किलास पानी पिउँछु ।

त्यस पछि पत्र पत्रिका र बिभिन्न सामाजिक सञ्जालमा व्यस्त हुन्छु । लेख्न पढन पनि मलाई बिहान नै रुचि लाग्छ । राजनीतिक , आर्थिक , सामाजिक लगायतका बिषय बस्तुहरुमा मैले जे देख्यो त्यही लेख्ने गरेको पनि छु । प्रयाय जसो बिहान पख केहिन केही लेखेर फेसबुकमा पोष्ट गर्ने गर्छु । त्यसैको आधारमा मेरा लेख रचनाहरु केहि समय पछि बिभिन्न सञ्चार माध्यमका साथै अनलाइन पत्रपत्रिकाहरुमा प्रकासित हुदै आएका छन । यसमा खुसि छु । म अलि लेख्न रुचि राख्ने मान्छे हुँ । मूलधारका राष्टिय दैनिक बिभिन्न पत्रपत्रिकाहरुमा लामो समय देखि लेख रचना लेखदै आएको छु । यो प्रयाय जसोलाई थाहा भएको कुरा हो । आज भोली अलि बढि व्यस्त छु । मैले गित पनि लेख्दै आएको छु । एकान्त ठाउँमा बसेको बेला आफैले लेखेको गित गुन्गुनाउँछु । जीवन भनेको अमूल्य प्रकृतिको सुन्दर उपहार हो ।

त्यसैले बिना अर्थ समय बिताउन मेरो मनले मान्दैन । केहि न केही नयाँ काम गर्ने मन लाग्छ । मैले बिभिन्न बिधामा बिश्व रेर्कड कायम गर्न सफल भएको छु । मान्छेको जीवन छोटो छ , तर गर्नु पर्ने काम धेरै छन । मैले थुप्रै लेख रचना, गीत, उपन्यास लेखि सकेको छु । र थप लेख्दै छु । यो कसरी सम्भव भयो भन्ने जिज्ञासा धेरैलाई हुन सक्छ । सबै भन्दा ठूलो कुरा समय व्यवस्थापन हो । मैले हर दिन समयको व्यवस्थापन गर्ने कोसिस गर्छु । यही कारणले नै मैले सोचेका धेरै काम पुरा भएका छन । काम गर्ने भने पछि काम पुरा गरेरै छोडने मेरो बानी छ । मेरो अफिस र घर नजिक छ । त्यसैले म प्राय जसो बिहान ११ बजे खाना खाई सकेको हुन्छु । खानामा दाल भात तरकारी मन पर्छ । समय भएको बेला बाहिर घुम फिर गर्ने मन लाग्छ ।

एकै ठाउँ बसि रहन मन लाग्दैन । बसेको बेला केहि न केहि लेख्ने बानी छ । सके सम्म सरल भाषामा सवैले बुझने गरी आफना बिचार ब्यक्त गर्ने कोसिस गर्छु । मेरो कमजोरी भनेको मान्छेलाई छिटो बिश्वास गर्छु । दिन भरी म प्राय जसो समय आफनो अफिसमा बिताउने गर्छु । केही न केही काम गरेर बसेको हुन्छु । समय बितेकोमा चिन्ता लाग्छ । हरेक मान्छेको आ आफनो स्वभाव हुन्छ । स्वभावले काम गर्ने हो । स्वभाव र रुचि अनुसारका काम गर्ने हो । रुचि बिनाको काम अधुरो हुन्छ । आफनो रुचि जेमा छ त्यसैमा केन्द्रित भए सफल भैन्छ । यो सत्य कुरा हो । मन धेरै तिर बाँडनु हुदैन । मन भनेको केन्द्रित गर्नु पर्छ । त्यो नै सफलताको कडी हो । म अफिस बाट प्राय घरमा ७ बजे पुग्छु । बेलुकाको खाना खाए पछि केहि समय सामाजिक सञ्जालमा भुल्छु । दिन भरीका समाचारमा अपडेट हुन्छु । प्राय ११ बजे सुत्छु । र बिहान उठे पछि त्यसै गरी एक दिन बिताउँछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here