भारतमा दुई लाखको दरले संक्रमित थपिँदै, धेरै ठाउँमा लकडाउन

0
295


भारतमा गएको २४ घण्टामा २ लाख ६१ हजार ५ सय कोरोना संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सोही अवधिमा त्यहाँ १५ सय १ व्यक्तिको मृत्यु भएको छ। भारतमा दैनिक दुई लाखभन्दा बढीको दरले कोरोना संक्रमितहरु थपिन थालेका हुन्।

शनिबार पनि त्यहाँ २ लाखभन्दा बढी कोरोना संक्रमति थपिएका थिए।

कोरोना संक्रमतिहरु तीव्र गतिमा बढीरहँदा यसको खतरालाई मध्यनजर गर्दै राजधानी दिल्ली, उत्तर प्रदेशसहित देशका विभिन्न हिस्सामा लकडाउन गरिएको छ।

दिल्लीको सडकमा प्रहरीहरु तैनाथ छन्। दिल्लीमा अनिश्चितकालको लागि सप्ताहन्त ‘शनिबार र आइतबार’ लकडाउन लगाइएको छ। सप्ताहन्तमा रमाइलो गर्नेको भीड बढ्ने भएकाले लकडाउन लगाइएको हो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here