पूर्वमन्त्री सुवालको निधन

0
257

 समाजसेवी एवं पूर्वस्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको निधन भएको छ ।

९३ वर्षीय सुवाको आइतबार बेलुकी उनकै निवास झोछेँमा निधन भएको हो ।

प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उनी लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय भए ।

पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिएका उनी काठमाडौँ नगरको मेयर पनि भएका थिए । उनले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गरे ।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । दिवङ्गत सुवालको आज टेकू दोभानमा अत्येष्टि गरिने परिवारजनले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here