सडक मर्मतको मागसहित स्थानीयले गरे सिद्धिचरण राजमार्ग बन्द

0
331

सडक मर्मत गर्नुपर्ने माग राख्दै उदयपुरमा स्थानीयहरूले सिद्धिचरण राजमार्ग बन्द गराएका छन् ।

सिरहाको मिर्चैयादेखि उदयपुरको घुर्मीसम्मको सडक मर्मत नभएपछि स्थानीयले संघर्ष समिति गठन गरी राजमार्ग बन्द गराएका हुन् ।

राजमार्गको कटारी नगरपालिका क्षेत्रमा पर्ने कटारीदेखि घुर्मी सडक बन्द भएपछि साे क्षेत्रको यातायात प्रभावित बनेको छ । बन्दले उदयपुर सहित खोटाङ्ग, ओखलढुङ्गा र सोलुका स्थानीयहरु प्रत्यक्ष मारमा परेका छन् ।

बन्दकर्ताहरुले कटारीको गेरु डाँडा, बेतेनी भञ्ज्याङ, पटना भञ्ज्याङ र घुर्मीमा सडक अवरोध गरी यातायात ठप्प पारेका छन् । राजमार्ग स्तरउन्नती संघर्ष समितिका संयोजक कटारी नगरपालिका ११ का वडाध्यक्ष दीपक बुढा क्षेत्री (सरोज)को संयोजकत्वमा संघर्ष समिति बनाएरै आन्दोलनमा उत्रिएका छन् ।

कटारी नगरपालिका ८, ९, १०, ११, १३ र १४  स्थानीयहरू साेमबार बिहानदेखि नै सडकमा निस्किएर सडक अवरुद्ध पारेको संघर्ष समितिका संयोजक क्षेत्रीले जानकारी दिए ।

आर्थिक वर्ष २०७८/०७९ को बजेटमा राजमार्गका लागि दुई लेन सडकका लागि लागत ईष्टिमेट अनुसार बजेट सुनिश्चितता हुनुपर्ने,  राजमार्गलाई हेर्ने छुट्टै आयोजना कार्यालयको स्थापना गर्नु पर्ने, बजेट सुनिष्चित नभएसम्म सडक डिभिजन कार्यालय लहानले स्तरउन्नती तथा मर्मत गर्नुपर्ने  उनीहरूको माग छ ।

माग पूरा नभएसम्मका लागि  एम्बुलेन्स बाहेकका सवारीसाधन अनिश्चितकालका लागि चल्न नदिने  संयोजक बुढाक्षेत्रीले बताए ।
नियमित बजेटले सडक मर्मत हुन नसक्ने भएकाले सडक मर्मत गर्न विभागलाई लेखी पठाएको तर बजेटको स्रोत सुनिश्चित नभएसम्म केही भन्न नसक्ने डिभिजन सडक कार्यालय लहानले जनाएको छ ।
उदयपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका जनप्रतिनिधिहरूले समेत राजमार्ग मर्मतका लागि यसअघि नै प्रधानमन्त्री समेतलाई ध्यानाकर्षण गराइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here