सात नक्कली डाक्टर पक्राउ

0
283

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सात जना नक्कली चिकित्सकलाई पक्राउ गरेको छ।

पक्राउ परेका उनीहरुलाई साेमबार सीआईबीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुरा गाउँपालिका–२ का २८ वर्षीय मोहम्मद सिद्दिक, महोत्तरी सरपल्लो–६ का २९ वर्षीय सुभाष प्रसाद साह, धनुषा सबैला–२ का २८ वर्षीय मोहम्मद साहिद राजा, मनाङको साविक चामे गाविस–५ का ३१ वर्षीय दिपेन्द्र गौतम, सप्तरीको शंकरपुरा–१ का ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरीको मनरा–५ की २७ वर्षीया पल्लवी सिंह र ललितपुर सानेपाका २९ वर्षीय फराज हुसेन खाँ रहेका छन्।

नक्कली प्रमाणपत्र पेश गरेर चिकित्सक बनेको आशंकामा उनीहरुलाई प्रहरीले फरक–फरक स्थानबाट पक्राउ गरेको जनाएको छ। उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेर काठमाडौं ल्याइएको सीआईबीले जनाएको छ।

नक्कली प्रमाण पत्र पेश गरेर मेडिकल काउन्सिलको प्रमाणपत्र लिएका उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।

पक्राउ परेका मोहम्मद सिद्दिक न्यूरो हस्पिटल विराटनगरमा कार्यरत थिए भने दीपेन्द्र गौतम पक्राउ पर्नेमा चौरजहारी अस्पताल रुकुम पश्चिमकामा कार्यरत थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here