नृत्य निर्देशक संघ नेपालको आयोजनामा ‘सम्मान तथा क्यालेण्डर सार्वजनिक’

0
387

नृत्य निर्देशक संघ नेपालको आयोजनामा ‘सम्मान तथा क्यालेण्डर सार्वजनिक’ कार्यक्रम सम्पन्न भएको छ ।खानेपानी मन्त्री मणिचन्द्र थापाको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा आआफ्नो क्षेत्रमा सफलता हासिल गर्ने नृत्य निर्देशकहरुलाई सम्मान पनि गरिएको थियो ।
नव वर्ष २०७८ को अवसर पारेर आयोजित कार्यक्रममा नृत्य बिधामा नेपाल सरकारले प्रवल जनसेवा पदकबाट बिभूषित बरिष्ठ नृत्य निर्देशकद्वय नारायण देवी प्रधान र जोगेन्द्र केसीलाई सम्मानित गरिएको थियो ।

त्यसैगरी, नेपाल सरकार संचार तथा सुचना प्रविधि मन्त्रालयबाट न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा मनोनीत नृत्य निर्देशक संघ नेपालका केन्द्रीय प्रवक्ता ऋषिकेश श्रेष्ठ पनि सम्मानित भएका छन् ।

त्यस्तै तमु गुरुङ्ग कलाकार संघमा पुनः उपाध्यक्ष पदमा निर्वाचित संघको केन्द्रीय सदस्य याम गुरुङ्ग र वर्षकै उत्कृष्ट मोडलको एवार्ड जितेकी संघ भक्तपुर शाखा कार्यसमिति सदस्य रञ्जना सितिखुलाई पनि सम्मान गरिएको थियो । सम्मानित सबैलाई मन्त्री थापाले सम्मान पत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री थापाले देशको सांस्कृतिक पहिचान स्थापित गर्न कलाकारहरुको योगदान महत्वपूर्ण रहेको भन्दै कला क्षेत्रको उत्थान र विकासको लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठले बन्दाबन्दीको समयमा वाध्य भइ नृत्य निर्देशकहरु घरै बस्नुपरेको अवस्थाको स्मरण गर्दै राज्यले नृत्य निर्देशकहरुको लागि विशेष प्याकेज ल्याउनुपर्ने माग गर्नुभयो ।

सोही कार्यक्रममा संघको साल २०७८ सालको भित्ते पात्रो पनि सार्वजनिक गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here