सभामुख सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा संवैधानिक इजलासमा

0
367
Minister for Forest and Soil Conservation Agni Prasad Sapkota speaks at a press conference in Kathmandu, on Tuesday, March 1, 2016. Photo: ICIMOD

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा परेको द्वन्द्वकालीन मुद्दाको पेसी संवैधानिक इजलासमा चढेको छ।

द्वन्द्वकालमा भएको एक हत्यामा प्रमुख दोषी रहेको दाबी गर्दै सभामुख सापकोटाविरुद्ध परेको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा नेतृत्वको  इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन्।

यसअघि पटकपटक पेसी तोकिएको यो मुद्दा बुधबार नियमित पेसीमा राखिएको हो। तर नियमित पेसीमा धेरै मुद्दा भएकाले आज सुनुवाइ हुने/नहुने निश्चित नभएको अदालत स्रोतले जनाएको छ।

माओवादी द्वन्द्वका बेला काभ्रेका अर्जुन लामा अपहरणपछि हत्या गरिएको घटनामा तत्कालनी माओवादी नेता सापकोटा प्रमुख दोषी रहेको दाबीसहित २०६८ सालमा सर्वाेच्चमा मुद्दा हालिएको थियो।

मुद्दाको प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले मुद्दा संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here