डा.डिआर उपाध्याय ,
पार्टीहरु मिलेर जादा नै राम्रो हुन्छ । सत्ताका लागी फुटनु भनेको जनमतको अपमान हो । अहिले जसपा भित्र पनि ठूलो विवाद उत्पन्न भएको छ । बाबुराम र उपेन्द्र सरकारमा जान नहुने अडानमा छन भने महन्थ ठाकुर, राजेन्द्र महतो पक्ष सरकारमा जाने कुरामा जोड दिदै आएका छन । लुम्विनी प्रदेशमा जसपा सरकारमा सहभागी भए पछि पार्टीभित्र विवाद चर्किएको हो । सत्ताका लागी पार्टी डाभित्र यस्ता खेल पहिला पनि हुने गर्दथ्ये । यो कुनै नौलो कुरा होइन । राजनीतिक दल र तिनका नेताहरुले आफनो व्यक्तिगत स्वार्थ भन्दा अरु केही सोचेनन् । उनीहरुले देश र जनताको पक्षमा हित हुने काम गरेर देखाउने अवसर गुमाउदै आएका छन । अवसर भनेको सधै भरी आउँदैन । त्यसो भएकोले अवसर गुम्न दिनु हुदैन । भोली पछुतो लाग्न सक्छ । राजनीति भनेको सवै नीतिको मूल नीति हो । त्यसैले राजनीतिलाई बदनाम गर्ने काम कसैले गर्नु हुदैन । गत आम निर्वाचनमा कम्युनिस्टहरूको एकताका कारण झण्डै दुई तिहाइ बहुमत आयो । अव आउँदो चुनावमा के हुन्छ भन्न सकिदैन । कम्युनिस्टहरू मिलेर नजाने हो भने अव आउँदो चुनावमा कांग्रेस अगाडी आउने देखिन्छ । अव आउने चुनाव नेपाली काँग्रेसको लागी अवसर हुने देखिन्छ । प्रजातन्त्र पुनःस्थापना भए यता जति पनि आम निर्वाचन सम्पन्न भए अधिकाँश ती आम निर्वाचनमा कांग्रेसले बहुमत ल्याएको थियो । नेपाली काँग्रेस लामो समय सम्म लोकतन्त्रका लागी लडेको पार्टी हो । उ लोकतान्त्रिक र पुरानो पार्टी पनि हो । नेपाली काँग्रेसले पटक पटक सरकारको नेतृत्व त गदै आयो तर जनताका जुन किसिमका अपेक्षाहरु थिए ति भने उसले पुरा गर्न सकेन । त्यस कारण कम्युनिष्टहरुका लागी अवसर बन्यो । कम्युनिस्ट पार्टीहरू एक आपसमा मिल्न नसकि विभाजन हुदै आएका छन । यसले गर्दा पनि नेपाली काँग्रेसलाई बेला बेलामा फाइदा हुने गरेको छ । गत चुनावमा कम्युनिस्ट पार्टी मिलेर झण्डै दुईतिहाइ नजिक बहुमत ल्याएका थिए । तर उनीहरुको एकता लामो समय सम्म टिक्न सकेन । एकता तीन वर्ष मात्र कायम रह्यो । कम्युनिष्टमा यो समस्या छ । नेपालको राजनीतिक इतिहासमा वामपन्थी पार्टी पटक पटक फुटदै , जुटदै आएका छन । फुटको राजनीतिले कम्युनिष्टहरुलाई नै घाटा छ । जति कम्युनिष्ट जुटछन उती उनीहरुलाई फाइदा छ । एकतामा नै कम्युनिस्टहरूको जित सुनिश्चित हुन्छ । अरु बेला भन्न सकिदैन । २०७४ सालअघिका निर्वाचनमा पनि कम्युनिस्टहरूले नै बहुमत ल्याउने सम्भावना बलियो थियो, तर विभाजनका कारण उनीहरूले बहुमत ल्याउन सकेनन् । विगतमा आफ्नै कमजोरीका कारण उनीहरुले धेरै अवसर र सम्भावना गुमाएका छन । ओली र प्रचण्डले २०७४ को वाम एकतालाई कायम राख्न सकेनन् । जुन एकता उनीहरूको प्रयासमा नै सफल भएको थियो । कम्युनिस्टहरु मिल्न जान्दैनन् विभाजन मन पराउँछन् । यो कुरा इतिहासले पुष्टि गर्द छ । भारतले नेपालमा कम्युनिस्ट पार्टी मिलेर बसेको देख्न चाहेको थिएन । नेकपा फुटमा भारतको हात छ भन्नेहरु पनि छन । उनीहरुलाई मात्र दोष देखाएर पानी माथिको ओभानो बन्न खोज्नु मुर्खता हुने छ । ओली र प्रचण्ड मिलेको भए पार्टी फुटने थिएन । एकता गरेर जाने हो भने नेपालमा कम्युनिष्टहरुको नै बहुमत छ । उनीहरूलाई अन्य दलसँग सहकार्य गर्न आवश्यकै पर्दैन। नेपाली जनताले सिंगो वामपन्थी एकता खोजेका छन्। तल्लो तहका नेताहरू पनि एकताको पक्षमा छन्, वाम नेताहरूमा अहंकार, घमन्ड र व्यक्तिगत स्वार्थ छ । नेपाली जनताले एकता खोजेका छन । एकता गरेको कारणले नै नेपाली जनताले २०७४ सालको चुनावमा कम्युनिष्टलाई बहुमत दिएका हुन ।