‘संस्कृतिमा विविधता, विविधतामा एकता’ भन्ने मूल नाराका साथ ‘पैयूँ कला प्रतिष्ठान’ले गण्डकी प्रदेश पर्वत ज़िल्लको दक्षिण क्षेत्रको ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्त्व बोकेको सनातन हिन्दू धर्मावलम्बीहरूको आस्थाको धरोहर पैयूँ, बिहादी र महाशिला गाउँपालिकाको संगम स्थ पैयूँकोट मा सरसफाइ जागरण अभियान सम्पन्न गरेको छ ।
विभिन्न चाडपर्व हरुमा जस्तै यस वर्ष पनि चैतेदशैंको अवसर पारेर दुर्गा माताको दर्शन गर्न आउने श्रद्धालु भक्तजनह┐को उल्लेखनिय उपस्थिति रहेको पैयूँकोटमा प्रतिष्ठानले सरसफाइ जागरण अभियान सँग सँगै दुर्गा माताको भजन नृत्य पनि प्रस्तुत गरेको थियो । जसमा कलाकारहरू बबिता हिताङ, जमुना पौडेल, शिला हिताङ, मन कुमारी नेपाली, कुस्मिता पौडेल र सृष्टि सेन को उपस्थिति थियो ।
धार्मिक व्यक्तित्व पैयूँकोट पूजा व्यवस्थापन समितिका आजीवन सदस्य साथै पैयूँ–६ का वडा अध्यक्ष थानेश्वर तिवारीको प्रमुख आतिथ्यता मा प्रतिष्ठानका अध्यक्ष गोविन्द प्रभात, उपाध्यक्ष मनोज सुनवार, सचिव गगन परियार, सहकोषाध्यक्ष समीर शाहीलगायत सम्पूर्ण प्रतिष्ठान परिवार र शुभ चिन्तकको उपस्थितिमा थियो । विशेष सहयोगिको भूमिकामा थनु मल्ल साथै साथीहरू को साथमा कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव गगन परियारले गर्नुभएको थियो ।