पाकिस्तानमा चिनियाँ राजदूतलाई लक्षित गरी विस्फोट

0
229

पाकिस्तानको क्वेटास्थिति एक होटलमा चिनियाँ राजदूतलाई लक्षित गरी भएको बम विस्फोटमा कम्तीमा चार जना मारिएका छन् । अन्य ११ जना घाइते भएका छन् ।

सेरेना होटलको कार पार्किङ गर्ने ठाउँमा गरिएको उक्त आक्रमण पाकिस्तानस्थित चिनियाँ राजदूत नोन रङलाई लक्षित गरि भएको बीबीसीले जनाएको छ।

उनी अफगानिस्तानको सिमानामा नजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा रहेका बेला विस्फोट भएको हो । विस्फोटका बेला उनी घटनास्थलमा थिएनन् । घटनाको जिम्मेवारी पाकिस्तानी तालिबानले लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here