आफू निकट सांसदसँग महन्थ ठाकुरको छलफल

0
237

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफू निकट सांसदहरुलाई भेटेका छन्।

पार्टी संसदीय दलको कार्यालयमा बिहीबार उनले पूर्व राष्ट्रिय जनता पार्टीका सांसदहरुसँग छलफल गरेका हुन्।

पछिल्लो राजनीतिक घटनाक्रमबारे केही सांसद मिलेर पार्टी नेतृत्वसँग जिज्ञासा राखेको तर कुनै भेला नभएको जसपा नेता केशव झाले बताए। उनका अनुसार सांसदहरुले जसपामा देखिएको विवादबारे जिज्ञासा राखेका थिए।

जसपामा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव केपी ओली सरकारलाई हटाउने पक्षमा छन् भने ठाकुर लगायतका केही नेता ओलीसँग छलफल गरेर अगाडि बढ्नु पर्ने मतमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here