जिल्ला प्रशासन कार्यालय गोर्खाले हचुवाको भरमा मनकामना केबलकार बन्द गर्न आदेश गरेको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएका छन्।
मनकामना मन्दिर लकडाउनदेखि नै बन्द रहेको र खुलेपछि पनि बन्द नै राखी भक्तजनहरूलाई बाहिरबाट नै स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित पुजा चलाइरहेको अवस्थामा केबलकारलाई बन्द गर्नु असान्दर्भिक रहेको स्थानीय व्यवसायी तथा यात्रुको भनाई छ।
हाल नेपाल सरकारको निर्णयानुसार मन्दिरहरूमा नित्य पुजा, ध्यान तथा प्रार्थना मात्र गर्ने गराउने आदेश भएको र सार्वजनिक यातायातमा समेत स्वासथ्य मापदण्ड तोकिइ चलाउने व्यवस्था भएको छ र केबलकारमा समेतमा यही लागू हुने समेत सरोकारवालाको बुझाई रहेको छ।
मन्दिर बन्द गर्दैमा केबलकार बन्द गर्नु भन्ने जिल्ला प्रसाशन कार्यालय गोर्खाको मौखिक आदेश नेपाल सरकारको आदेशसँग बाझिएको मनकामना केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठले बताए।
‘मन्दिर बन्द हुँदैमा मनकामना क्षेत्रमा नै प्रवेश निषेध गर्नु न्यायोचित नहुनुका साथै मानव अधिकार र व्यवसायिक अधिकारमा ठाडो हस्तक्षेप हो’ उनले भने।