बैशाख ७ गते वहाँको ८९ अौं स्मृति दिवस को अवसर पारेर वरिष्ठ साहित्यकार श्री रोचक घिमिरे ज्युको प्रमुख आथित्यतामा सम्पन्न भयो । समारोहमा केही विशिष्ट सहित्यकार, समालोचक , पत्रकार तथा परिवार जन को उपस्थित रहेको थियो । मन्तव्यको क्रममा बोल्दै वरिष्ठ साहित्यकार / समालोचक द्वय प्रा. डा गोविन्दराज भट्टराई र ज्ञानु पाण्डेले पोषण पाण्डेको कवि व्यक्तित्व बारे प्रकाश पार्नु भएको थियो । समारोहमा पोषण पान्डेको रचनामा वरिष्ठ संगीतकार राजु सिंह द्वारा संगीतबद्ध गीतलाई चर्चित गायिका बानिका प्रधानले गाएर सुनाउनु भएको थियो । मानवीय चेतनालाई जागृत गराउने खालका कविता लेख्ने पोषण पाण्डे एक स्वाभिमानी स्रष्टा रहनु भएको कुरामाथि प्रकाश पार्दै प्रमुख अतिथि रोचक घिमिरे ले समारोहलाई सम्बोधन गर्नु भएको थियो । पोषण पाण्डे तीर्थ सदनको उपाध्यक्ष वरिष्ठ साहित्यकार कणाद महर्षिद्वारा स्वागत गर्दै प्रारम्भ भएको यस समारोहलाई यसै सदनका अध्यक्ष तथा समारोहका सभा-अध्यक्ष वरिष्ठ साहित्यकार विजय चालिसेले सबैलाई धन्यवाद दिदै आफ्नो मन्तव्यको क्रममा पोषण पाण्डेका अन्य थुप्रै फुटकर रचनाहरुलाई खोजी गरेर क्रमश प्रकाशमा ल्याउने कुरामा पोषण पाण्डे तीर्थ सदन लागिरहने बताउदै कार्यक्रम समापन गर्नु भएको थियो । पुस्तकलाई यो रुप सम्म ल्याउनको लागि सहयोग गर्नुहुने ए रोल प्रेस, पुस्तकको आवरण चित्र तयार गर्ने सहारा सेढाई तथा सदन को चिन्ह ( लोगो) तयार गर्ने उदयन मिश्र (वरिष्ठ साहित्यकार पोषण पाण्डेका नाति नातिनी) को साथै यस महान कार्यलाई ऐतिहासिक बनाउन सहयोग गर्ने सम्पूर्ण प्रत्यक्ष-अप्रत्यक्ष शुभचिन्तकहरुलाई धन्यवाद दिँदै आउँदा दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा पोषण पाण्डे तीर्थ सदनले गरेको छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400