चलचित्र ‘आँधी तुफान २’ को छायांकन सुरु

0
395

चलचित्र ‘आँधी तुफान २’ को छायांकन सुरु भएको छ । उपत्यका बाहिरका विभिन्न स्थानमा लोकेसन तय भएको भएपनि सम्भव भएसम्म उपत्यका भित्र नै चलचित्रको छायांकन सक्काउने उद्देश्यले बिहीबारबाट ‘आँधी तुफान–२’ को सुटिङ सुरु भएको छ । निर्माता तथा लेखक मौनता श्रेष्ठले डेढ दशक अगाडि व्यावसायिक रूपले सफल मानिएको चलचित्र ‘आँधी तुफान’ को सिक्वेलको रूपमा यो चलचित्र सुरु गरेका हुन् ।

मदन घिमिरेको निर्देशन रहने ‘आँधी तुफान २’ मा सञ्जीत भण्डारी, सञ्जय खतिवडा, ध्रुव दत्त, आरती आचार्य, रिचा थापा,पुनम गौतम, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, मुकुन्द थापा, कनिज कोइराला, याङ्सु श्रेष्ठ, पुष्कर राउत, बिन्दीया ठकुरी, रमेश तामाङ, राजाराम गौतम, गोकुल सुवेदी, सरोज दाहाल आदिको अभिनय रहने छ ।

सस्पेन्स कथावस्तुमा आधारित एक्सन प्रधान चलचित्रमा सङ्गीत सुरेश अधिकारी, द्वन्‍द प्रेम चुल्ठे, नृत्य कमल राई, छायांकन रामशरण उप्रेतीको रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here