यो साता भारतमा २० सहित विदेशमा २३ नेपालीको मृत्युु

0
225
Pneumonia coronavirus


यो साता भारतमा २० जनासहित बिभिन्न देशमा रहेका २३ जना नेपालीको निधन भएको छ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार भारत लगायतका विभिन्न मुलुकमा कोरोना महामारीको प्रकोप बढ्दै जाँदा ती देशहरुमा रहेका नेपालीहरुको मृत्युदर पनि बढेको छ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २० जना, कुवेतमा २ जना र कतारमा १ जना नेपालीको कोरोनाका कारण निधन भएको हो।

सो समितिका सदस्य समेत रहेका नयाँ दिल्लीस्थित अल इन्डिया इन्टिच्यूट अफ मेडिकल साइन्समा कार्यरत डा. सागर पौडेलका अनुसार नयाँ दिल्लीमा १० जना र भारतका अन्य क्षेत्रमा थप १० गरी कुल २० जना नेपालीको निधन भएको छ।

निधन हुनेमा अधिकांश ५० वर्ष मुनिका रहेका छन्। योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा संक्रमणका कारण ३ सय ७२ जना नेपालीको निधन भइसकेको छ।

हालसम्म मृत्यु भएकामध्ये २ सय ४५ जना मध्यपूर्वी देशमा रहेका नेपाली हुन्।

अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड–१९ का कारण संक्रमित हुने नेपालीको संख्या ६८ हजार ५ सय ६ जना पुगेको छ।

कुल संक्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात ६४ हजार ७ सय ४४ जना संक्रमणमुक्त भएका छन्।

यो साता भारत, कुवेत, कतार, यूएई, रोमानीया, रुस, फिनल्याण्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्याण्डमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ।

नेपालमा हालसम्म २ लाख ९७ हजार ८७ जना संक्रमित पुगेकोमा ९३ दशमलव ३ प्रतिशत अर्थात २ लाख ७७ हजार १ सय २३ जना संक्रमणमुक्त भएका छन्। संक्रमणका कारण शनिबार सांँझसम्म ३ हजार १ सय ३६ जनाको निधन भएको छ।

गत सोमबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले महामारीका दौरान २ सय ५० जना डाक्टर र नर्सहरु परिचालन गरिएको जानकारी दिएका थिए।

नेपालबाहिर करिब ५ हजार डाक्टर र १५ हजारको हाराहारीमा नर्सहरु रहेका र ती सबै स्वास्थ्यकर्मीलाई एनआरएनमा जोड्ने प्रयास भइरहेको उनले बताए।

टेलिहेल्थ सेवा प्रयोगका लागि आग्रह
एनआरएनएले सुरु गरेको टेलिहेल्थ सेवाले स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या भए फोनबाट परामर्श लिन सकिने जनाएको छ । तभभिजभबतिज२लचलब।यचन मा इमेल पठाएर परामर्श लिन सकिने एनआरएनएले जनाएको छ।

स्वास्थ्य समितिले दुईवटा विश्व स्वास्थ्य सम्मेलन आयोजना गरिसकेको र तेस्रो विश्व स्वास्थ्य सम्मेलन सन् २०२१ को सेप्टेम्बर १७ देखि १९ मा लन्डनमा आयोजना गरिने पनि समितिले जनाएको छ।

सापकोटाले संघले ‘कम्प्रिहेन्सिभ ग्लोबल टेलिहेल्थ प्रोग्राम’ सुरु गरेर कोभिड–१९ बाट जोगिन र संक्रमित भएको भए कसरी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्नेबारे नेपाली भाषामा नै निर्देशिका प्रकाशन गरेको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here