नेपाललाई ट्रान्जिट बनाउने विदेशीको कोरोना परीक्षण गरे प्रयोगशालालाई कारवाही

0
423

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ट्रान्जिट बनाउनेगरी आएका विदेशीको कोरोना परीक्षण नगर्न प्रयोगशालाहरुलाई निर्देशन दिएको छ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाललाई ट्रान्जिट बनाउनेगरी आएका वा नेपालमा परीक्षण मात्रै गर्नेगरी आएका कुनै पनि विदेशी नागरिकको कोभिड १९ परीक्षण नगरिदिनुहुन नेपालका सबै प्रयोगशालाहरुलाई निर्देशन गरिन्छ।’

यस विपरित कुनै प्रयोगशाला वा व्यक्तिले परीक्षण गर्ने गराउने गरेको पाइएमा कारवाहीसमेत गरिने चेतावनी मन्त्रालयले दिएको छ।

यस्तै कोरोना परीक्षण गर्दा नेपाली नागरिक, कुटनैतिक निकाय तथा मिसनका कर्मचारी तथा उनीहरुका परिवारहरु र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुको परिचय खुल्ने प्रमाणका आधारमा मात्रै गर्न मन्त्रालयले भनेको छ।

covid teast 12

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here