आइतबारसम्म नेपाल आएर क्वारेन्टिन बसेका विदेशीले कोरोना परीक्षण गर्न पाउने

0
453

आइतबारसम्म नेपाल आएर क्वारेन्टिनमा बसेका विदेशीहरुको कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउन प्रयाेगशाला र अस्पतालहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै वैशाख १२ गतेसम्म नेपाल आएर क्वारेन्टिनमा बसेका र सम्बन्धित देशका नागरिकले मात्र हवाइ यात्रा गर्न पाउने एयर बबल सुविधाअनुसार नेपाल आउनेहरुलाई सशुल्क पीसीआर परीक्षणको व्यवस्था गर्न प्रयोगशालाहरुलाई सूचित गरेको हो।

यो व्यवस्था नेपाललाई ट्रान्जिट बनाएर अन्यत्र जाने नेपालीबाहेकको हकमा लागू हुने मन्त्रालयले जनाएको छ।

आइतबार मन्त्रालयले नेपालमा ट्रान्जिट बनाउने गरी आएका विदेशीको कोरोना परीक्षण नगर्न प्रयोगशालाहरुलाई निर्देशन दिएको थियो।

corona teast bedashi

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here