निराश बनेर हुदैन, पलपलमा आशाको दियो खोज्ने हो

0
17

डा.डिआर उपाध्याय,

आज म अलि भावुक र चिन्तित पनि छु । केहि सोच्न सकेको छैन । किन हो कुन्नि । आज पटक्कै निर्दा लागेन । मेरै मनमा द्धन्द्ध चर्किरहेको छ । म स्वभावले अलि आशावादी मान्छे हुँ । अव त के आश गर्ने के नगर्ने अलि दोधारमा छु । यहि १६ गते देखि एक साताको लागी बन्दावन्दी हुदैछ । थप यो कति लामो जाने हो यसै भन्न सकिने अवस्था छैन ।

आज म मात्र होइन, यो बिषयमा म जस्ता धेरै मानिसहरु चिन्तित होलान । श्रमजीवि मजदुर पनि चिन्तित होलान । उनलाई म के भनु । गत बर्षको लकडाउनले अझै पनि झलझलती सम्झाईरहेको छ, घरि घरि झस्काईरहेको छ । म यसो सोच्छु , बिचार गर्छु , फेरि घरभित्र कति समय बित्ने हो । गत बर्षको अनुभव बसिरहन पनि नसकिदो रहेछ । दिगदार लाग्दोरहेछ ।

मान्छेले जस्तो पनि सहनु पर्छ । धर्य रहन सिक्नु पर्छ । कोरोना जस्तो घातक रोग संग खेलवाड पनि त गर्नु भएन नी । म आफु सचेत र सतर्क हुन्छु । तपाईहरु पनि सचेत र सतर्क रहनु होला । यो रोग संग खेलवाड गर्ने नै होइन । अव आफनो सुरक्षा आफै गर्ने हो । यो बाहेक अर्को कुनै बिकल्प छैन । किन भने अस्पतालहरु सवै कोभिडका बिरामीले भरी सके । अस्पतालहरुले थप बिरामी थेग्न नसक्ने अवस्था हुदै छ । यो भयावह परिस्थितीको घर भित्रै बसेर सामाना गरौं । यो बिपत हो । बिपतको बेलामा सहयोग आदान प्रर्दान गर्ने कुरामा जुटौं ।

कसैलाई भोकै मर्न नदिऔं । आफूले सकेको जे गर्न सकिन्छ त्यो गरौं । सेवा नै धर्म हो । मर्कामा परेको बेला सहयोगी हातहरु उठनु पर्छ । कुनै मानिस भोकले मरेको सुन्न नपरोस् । मानवले मानवलाई सेवा गर्ने भनेको आपत बिपतका बेलामा हो । अरु बेला त आफै गरि खान्छन नी । भोली के हुन्छ कसैलाई थाहा छैन । आज जे हुन्छ त्यसैमा चित्त बुझाऔं ।

मान्छेको जीन्दगी हो, हामी जन्मदा पनि रित्तो हात लिएर जन्मेको हो, मर्दा पनि रित्तै जाने हो । त्यसैले चिन्ता नगरौं । लोभ पनि धेरै नगरौं । यो जीवन बाँचे धेरै गर्न सकिन्छ । अहिलेको समय भनेको कोरोना संग लडने हो । जस्तो समय आउँछ त्यो संग खेल्न र जुधन सिक्नु पर्छ । यो नै मानव जीवनको अर्थ हो । जीवनमा हार खानु हुदैन , जस्तो सुकै अवस्थामा पनि जिउन सिक्नु पर्छ । हो अहिले हामीलाई फेरि कोरोनाको दोस्रो लहरले पिरोलेको छ ।

सटर, फल्याट , अफिस, कोठा , सवै बन्द हुने होलान । घर मालिकले बन्द भयो भन्दैमा भाडा छुट गदैनन् होला । धेरै मानिसलाई चिन्ता त यो पनि छ । लामो समय सम्म लकडाउन भयो भने फेरी धेरैका रोजगारी गुम्न पनि सक्छन । के थाहा, भन्न सकिन्न । हेर्नुस् चिन्तै चिन्ताको जीन्दगी । गरि खाने बर्गलाई लकडाउनले बढी प्रभाव पार्ने गरेको छ ।

यसले छुने भनेको गरी खाने बर्गलाई हो । सरकारी तलव भत्ता खानेलाई लकडाउनले छुदैन । किन भने महिना कटे पछि तलव भत्ता आइहाल्छ । के को चिन्ता । चिन्ता त म जस्ता धेरै नागरिकको हो । आफनो ब्यापार व्यवसाय गर्नेहरुको आफनै समस्या छ । यो कुरा कस्ले बुझने ? अव समस्या संग जुधेर अघि बढने हो । निराश बनेर हुदैन, पलपलमा आशाको दियो खोज्ने हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here