देशैभरका विद्यालय अनिश्चितकालका लागि बन्द

0
510

कोरोना महामारी भयावह बन्दै गएको भन्दै सरकारले देशभरका विद्यालय अनिश्चितकालसम्मका लागि बन्द गराएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिसअनुसार अर्काे निर्णय नहुँदासम्म मुलुकभरकै शिक्षालय बन्द राख्ने निर्णय गरेको हो।

यसअघि भने सहर र संक्रमण बढी फैलिएका क्षेत्रका विद्यालय मात्र बन्द गरिएका थिए।

अबदेखि सबै विद्यालयलाई भर्चुअल (अनलाइन) माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्न सरकारले निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए।

त्यस्तै सबै प्रकारका परीक्षा स्थगन गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here